भवरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२०८०, ८ माघ सोमबार १२:५८

पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत पिपलडाडा रामपुर सडक खण्डमा माेटरसाइकल दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा रम्भा १ का २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

पिपलडाडा बाट हुगि तर्फ जादै गरेको ग १४ प ३७५ नम्बरकाे माेटरसाइकल सडकदेखि कालीगण्डकी नदी किनारमा खसेकाे थियाे । दुर्घटना गयराति १० बजेतिर भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

Comments

ताजा खबर