सिजि सिमेन्ट उद्योगको कम्पाउण्ड भित्र टिप्पर पल्टिदा एकको मृत्यु

२०८०, १८ मंसिर सोमबार ११:२८

पाल्पा । मंसिर १८ । रैनादेबी छहरा गाउँपालिकाको सर्देवामा संन्चालित सिजि सिमेन्ट उद्योगको कम्पाउण्ड भित्र माटो बोकेर अर्को स्थानमा सार्ने क्रममा टिप्पर पल्टिदा एक जनाको मृत्यु भएको छ । गए राती करिब साढे ११ बजेको समयमा लु १ क ३१६१ नम्बरको टिप्पर पल्टिदा रिब्दीकोट गाउँपालिका १ ख्याहा बस्ने बर्ष २४ को शिब बहादुर पालुङ्गेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ,
दुर्घटनामा परि घाईते भएका पालुङ्गेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज तानसेन ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

Comments

ताजा खबर