काठमाडौं, पुस १६ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ संग लज्जास्पद हार ब्यहोरेको छ ।बिहीबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको हो ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन जोड्दा अलआउट भयो । गण्डकीका ९ खेलाडीले खाता खाेल्न सकेनन् । गण्डकीका कुसुम गोदार र सोनिया थापाले मात्र समान २/२ रन बनाए । ३ रन अतिरिक्त पाएको थियो ।
गण्डकीलाई सस्तैमा आउट गर्न प्रदेश १ कि संगीता राईले ५, सबनम राईले ४ र अप्सरी बेगमले १ विकेट लिए ।लमही क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे ।
ओपनर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय इनिङ्स खेले । कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् । ओपनर काजलले नटआउट ५२ र राेमाले नटआउट ५१ रन बनाइन् ।
गण्डकीकी कुसुम गोदारले १ विकेट लिइन् । जितपछि प्रदेश १ समूह बी काे विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेकाे छ ।फाइनल प्रवेशका लागि अब समूह बीको विजेता प्रदेश १ ले लुम्बिनी प्रदेशसँग र सुदूरपश्चिम प्रदेशले समूह एको विजेता एपीएफसंग खेल्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…