प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी, गण्डकी ७ रनमै अलआउट

२०७७, १६ पुष बिहीबार १३:०५

काठमाडौं, पुस १६  प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ संग लज्जास्पद हार ब्यहोरेको छ ।बिहीबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश नम्बर १ ले गण्डकी प्रदेशलाई १४० रनले पराजित गरेको हो ।

फाइल फोटो

१ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी ८ ओभरमा ७ रन जोड्दा अलआउट भयो । गण्डकीका ९ खेलाडीले खाता खाेल्न सकेनन् । गण्डकीका कुसुम गोदार र सोनिया थापाले मात्र समान २/२ रन बनाए । ३ रन अतिरिक्त पाएको थियो ।

गण्डकीलाई सस्तैमा आउट गर्न प्रदेश १ कि संगीता राईले ५, सबनम राईले ४ र अप्सरी बेगमले १ विकेट लिए ।लमही क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे ।
ओपनर काजल श्रेष्ठ र रोमा थापाले अर्धशतकीय इनिङ्स खेले । कप्तान रुबिना क्षेत्रीले १५ रन बनाइन् । ओपनर काजलले नटआउट ५२ र राेमाले नटआउट ५१ रन बनाइन् ।

गण्डकीकी कुसुम गोदारले १ विकेट लिइन् । जितपछि प्रदेश १ समूह बी काे विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेकाे छ ।फाइनल प्रवेशका लागि अब समूह बीको विजेता प्रदेश १ ले लुम्बिनी प्रदेशसँग र सुदूरपश्चिम प्रदेशले समूह एको विजेता एपीएफसंग खेल्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु