लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ ,पुस १६ उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ।
सांकेतिक तस्बिर फाइल फोटो

प्रहरीको काठमाडौँस्थित महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए । सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएको जनाइएको छ ।

करिव २१ करोड रूपैयाँ किसानको बक्यौता भुक्तान गर्न बाँकी रहेको मिलले १ करोड रूपैयाँ भने बैंकमा दाखिला गरेको खुलेको छ । उखु किसानको रकम भुक्तानी नदिने उद्योगीविरूद्ध सरकारले पक्राउ पुर्जी जारी गरेको थियो । ९० करोड रूपैयाँ भुक्तानी दिन तीन वर्ष हुँदा पनि नपाएको भन्दै गत मंसिर २८ देखि आन्दोलन गरेका किसानले पुस १३ मा आन्दोलन स्थगित गरेका छन् । सरकारले २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिवद्धतासहितका ४ बुँदे सहमति गरेपछि उनीहरूको आन्दोलन स्थगित गरेका हुन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago