आजको दुई खेलको नतिजाले सेमिफाइनल समिकरण पनि पूरा हुने छ । पहिलो खेलमा बागमती र सूदरपश्चिम खेल्ने छन् । दुबै टोली‘गर वा मर’ को अवस्था छन् । यस अर्थमा उक्त खेललाई क्वाटरफाइनलको रुपमा पनि लिन सकिन्छ । जित निकाले सेमिफाइनल रपराजित भएमा बाहिरने स्पष्ट समिकरण छ । दोस्रो खेलमा प्रदेश १ र गण्डकीबीच प्रतिस्पर्धा हुने छ । खेल देउखुरी क्रिकेट मैदानमा हुनेछन् ।
पहिलो खेलको नतिजा निकै महत्त्वपूर्ण छ । दुवै टोली अन्तिम खेलमा जितका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छन् । बागमतीपहिलो खेलमा प्रदेश १ सँग ४६ रनले पराजित भएकाे थियाे । दोस्रो खेलमा गण्डकीलाई ६५ रनले हराउँदै अघिल्लो चरणकोसम्भावना जीवितै राखेको छ । यता सुदूरपश्चिम पहिलो खेलमा गण्डकीलाई ५९ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश१ सँग ५ विकेटले पराजित हुन पर्यो ।
सुदुरपश्चिम दोस्रो खेलमा प्रदेश १ सँग पराजित भएपनि कडा चुनौती दिएको थियो । सुदूरपश्चिमका खेलाडी जितका साथसेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छन् । सुदूरपश्चिम ब्याटरलाई भने जिम्मेवारी इनिङ खेल्न आवश्यक देखिन्छ । आक्रामक ब्याटरडली भटट्, कविता कुवँर, रेवती धामी, मञ्जु बोगटीलाई जिम्मेवारी उठाउन निकै महत्त्वपूर्ण देखिन्छ ।
बलिङमा कविता कुवँर प्रमुख हतियार हुन् । युवा मध्यगतीकी बलर दीपा जोरा पनि बागमतीलाई घातक बन्न सक्छिन् । यताबागमतीका ओपनर कन्चन श्रेष्ठ र विन्दा कटवालले राम्रो प्रर्दशन गरेका थिए । अलराउन्डर सुमन खतिवडा टोलीकी प्रमुख हतियार हुन् ।बलिङमा कप्तान अस्मिना कर्मचार्य र सुमनको प्रर्दशन निकै महत्वपूर्ण हुने छ ।
दोस्रो खेलमा प्रदेश १ र गण्डकीबीच प्रतिस्पर्धा हुने छ । प्रदेश १ लाई समूह विजेता बन्न जित आवश्यक पर्दछ । गण्डकी अप्रत्यासितनतिजा निकाल्न चाहन्छ । गण्डकीको कप्तान शीला रेग्मी क्षेत्री र सृष्टि पौडेल प्रमुख हतियार हुन् । उनको प्रर्दशन टोलीलाई निकैमहत्वपूर्ण हुने छ । स्पिनर एलिसा लामिछानेले पनि सुरुवाती दुई खेलमा राम्रो प्रर्दशन गरेकी छिन् ।
यता बलिङमा उत्कृष्ट प्रर्दशन गरेपनि उपाधिको दाबेदार प्रदेश १ ब्याटिङमा संघर्षरत देखिएको छ । कप्तान रुविना क्षेत्रीको प्रर्दशनटोलीको लागि निकै महत्वपूर्ण हुने छ । रोमा थापा र काजल श्रेष्ठलाई राम्रो प्रर्दशन गर्न आवश्यक देखिन्छ । बलिङमा सबनम राई रनिग्मा तामाङ घातक बन्न सक्छन् ।
समूह ‘ए’ बाट एपिएफ विजेता र लुम्बिनी उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरि सकेका छन् । समूह ‘बी’ को विजेतालेलुम्बिनी र उप विजेताले एपिएफसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…