फाइल फोटो
ताप्लेजुङ ,पुस १६ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा लागेको डढेलोका कारण दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान नष्ट भएको छ ।
७ देखि १२ वटासम्म रेडपाण्डा रहेको वनक्षेत्र आगलागीले सखाप भएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । रेडपाण्डाको लागि महत्त्वपूर्ण क्षेत्रमा डढेलो लागेपछि रेडपाण्डा संकटमा परेका रेडपाण्डाको संरक्षणका लागि काम गर्दै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ ।
सात दिनअघि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको झण्डै १ सय २५ हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयको अनुमान छ । डढेलो फैलिरहेकाले कति वनक्षेत्रमा क्षति पुग्छ भन्ने आँकलन गर्नसमेत नसकिएको वन कार्यालयले जनाएको छ ।
हिउँ वा पानी नपरेसम्म आगो निभाउन सक्ने अवस्था नरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइले बताउनुभयो । पाथीभरा क्षेत्रको पश्चिमपट्टि रहेको मयाम पाताल जङ्गलमा आगो प्रवेश गरे मानव बस्तीमा पनि क्षति हुने उहाँले बताउनुभयो । हेलिकोप्टरबाट पानी खसालेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि त्यो सम्भव भएन ।
अहिले पनि स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…