कमेडी च्याम्पियन सिजन–२ काे आज बाट डिजिटल अडिसन सुरु ।

काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ सुरु भएको छ । आजबाट डिजिटल अडिसन ओपन भएसँगै सिजन–२ सुरु भएको हो ।

आजबाट सुरु भएको डिजिटल अडिसन असोज १४ गतेसम्म जारी रहने छ । अडिसनका लागि कमेडी च्याम्पियनको एपका गएर बढीमा चार मिनेट ५९ सकेन्डको भिडियो अपलोड गर्नु पर्ने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । 

१४ गतेसम्म प्राप्त अडिसनबाट कम्तिमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । यद्यपि प्रतिस्पर्धीको कन्टेन्ट र प्रतिस्पर्धीका आधारका यो संख्यामा केही तलमाथि हुने निर्देशक भण्डारी बताउँछन् । 

१२० बाट २४ जना छनोट हुने र सोही समयबाट टेलिभिजनमा कार्यक्रम प्रशारण हुने छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने छ । कार्यक्रम कात्तिकको दोस्रो हप्ताबाट प्रशारण गर्ने तयारी रहेको निर्देशक भण्डारीले जानकारी दिए । 

गत वर्ष डिजिटल अडिसनमा २ हजार २०० प्रतिस्पर्धी सहभागी भएकोमा यो वर्ष संख्या बढ्ने अपेक्षा आयोजको छ । 

“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासकाबीच कार्यक्रम सुरु गरेका छौं । यो वर्ष विगतको भन्दा धेरै सहभागिता हुने अपेक्षा गरेका छौं,” निर्देशक भण्डारी भन्छन् । 

विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो सिजनमा पनि निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुनेछन् ।

यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुने भन्दै निर्देशक भण्डारी भन्छन्, “गत वर्षकोभन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ भने कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।” 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago