उच्च मनोवल बनाउका लागि कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता ।

गोर्खालीभोईस , १७ चैत । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ ।

नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थाप कोषमा रु २१ लाख रकम जम्म गर्ने, कर्मचारीको तलब पाइरहेको तलबबाट थप ५० प्रतिशत जोखिम भत्ता थप गर्ने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई रु तीन हजार जोखिम भत्ता दिने, नियमित काममा खटिने सुरक्षाकर्मीको उच्च मनोवल बनाउका लागि रु दुई हजार ५०० खाजा भत्ता उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

कोरोना रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि रु पाँच लाखको जीवन बीमावापतका लागि छुट्याएको छ । औषधि उपचारका लागि रु ५० हजारसमेत विनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिनुभयो । त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ । आवश्यक औषधि खरिद गर्न व्यवस्थापन गर्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago