उच्च मनोवल बनाउका लागि कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता ।

गोर्खालीभोईस , १७ चैत । नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुरलाई एक बोराका दरले चामल राहत दिने निर्णय गरिएको छ ।

नलगाड नगरपालिकाभित्रका घर भाडामा लिएर व्यापार गर्ने अन्य सेवा दिने व्यवसायीलाई एक महिनाको भाडा छुट गर्नेसमेत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाको विपद् व्यवस्थाप कोषमा रु २१ लाख रकम जम्म गर्ने, कर्मचारीको तलब पाइरहेको तलबबाट थप ५० प्रतिशत जोखिम भत्ता थप गर्ने, स्वास्थ्य संस्थामा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई रु तीन हजार जोखिम भत्ता दिने, नियमित काममा खटिने सुरक्षाकर्मीको उच्च मनोवल बनाउका लागि रु दुई हजार ५०० खाजा भत्ता उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

कोरोना रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मीचारीका लागि रु पाँच लाखको जीवन बीमावापतका लागि छुट्याएको छ । औषधि उपचारका लागि रु ५० हजारसमेत विनियोजन गरिएको अधिकृत सिंहले जानकारी दिनुभयो । त्रिभुवन मावि दल्लीमा क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ । आवश्यक औषधि खरिद गर्न व्यवस्थापन गर्ने नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago