यातायात व्यवसायीको बैंक किस्ता स्थगन गर्न सरकार सँग माग ।

भविन्द्र गौतम, पाल्पा, चैत्र १७ , नेपालभरीका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत १० देखि देशभर सञ्चालित सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाए संगै यसको प्रत्यक्ष असर नेपालको यातायात क्षेत्रमा परेको भन्दै व्यवसायीको किस्ता स्थगन गर्न अर्थ मन्त्रालय सँग माग गरेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मार नेपाल र यातायात क्षेत्रमा असर परेको जनाउदै अर्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र वुझाएको हो । यातायात व्यवसायीहरुले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेको अवस्थामा कोरोना भाइरसको असर यातायात क्षेत्रमा पर्नु स्वभाविक हो । यस अवस्थामा सरकारले तत्काल यातायात व्यवसायीको किस्ता स्थगन गर्दै सबैखाले परिस्थितीको अन्त्य नभएसम्म व्याज मिनाहको वातावरण निर्माण गर्न सम्बन्धित अर्थ मन्त्रालय सँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ । 

यातायातका कतिपय साधनले समयमा राज्यलाई कर तिर्न सकिरहेको अवस्था छैन, बीमा रकम समेत भुक्तानी गर्न नसकेको जानकारी गराउदै यो सामान्य परिस्थिती मा नआउदा सम्म बीमाको अवधि समाप्त भएका सवारी साधनलाई यथावत गर्दै सम्पूर्ण सवारी कागजातहरुमा लाग्ने जरिवना नलिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वताउनुभयो । लकडाउनको समयमा अत्यावश्यक सामग्री ढुवानी गर्ने कर्मचारी, चालक सहचालकले बाटोका पसल बन्द हुँदा खानासमेत खान नपाएको महासंघले जनाएको छ। 

यातायात मजदूर र कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न पनि महासंघले सरकार सँग माग गरेको छ । अत्यावश्यक यातायातका चालक, सहचालक तथा मजदूर कर्मचारीलाई स्वास्थ्य उपकरण सहज ढंगबाट मिलाउन सम्बन्धित निकायलाई महासंघले ध्यानकर्षण गराएको छ। महासंघका महासचिव सरोज सिटौलाले सरकारले दिएको निर्देशन पालना गर्दै घरभित्र बस्न देशभरका सम्पूर्ण यातायात व्यवसायी, मजदूर, कर्मचारीलाई आग्रह गरेका छन् । महासंघ अन्र्तगत सार्वजनिक यातायातसेवा संचालन गर्ने तिन सय भन्दा धेरै कम्पनीहरु आवद्ध रहेका छन् ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago