यातायात व्यवसायीको बैंक किस्ता स्थगन गर्न सरकार सँग माग ।

भविन्द्र गौतम, पाल्पा, चैत्र १७ , नेपालभरीका यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत १० देखि देशभर सञ्चालित सार्वजनिक सवारीसाधन आवागमनमा रोक लगाए संगै यसको प्रत्यक्ष असर नेपालको यातायात क्षेत्रमा परेको भन्दै व्यवसायीको किस्ता स्थगन गर्न अर्थ मन्त्रालय सँग माग गरेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको मार नेपाल र यातायात क्षेत्रमा असर परेको जनाउदै अर्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र वुझाएको हो । यातायात व्यवसायीहरुले लाखौं रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर यातायात सञ्चालन गरेको अवस्थामा कोरोना भाइरसको असर यातायात क्षेत्रमा पर्नु स्वभाविक हो । यस अवस्थामा सरकारले तत्काल यातायात व्यवसायीको किस्ता स्थगन गर्दै सबैखाले परिस्थितीको अन्त्य नभएसम्म व्याज मिनाहको वातावरण निर्माण गर्न सम्बन्धित अर्थ मन्त्रालय सँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ । 

यातायातका कतिपय साधनले समयमा राज्यलाई कर तिर्न सकिरहेको अवस्था छैन, बीमा रकम समेत भुक्तानी गर्न नसकेको जानकारी गराउदै यो सामान्य परिस्थिती मा नआउदा सम्म बीमाको अवधि समाप्त भएका सवारी साधनलाई यथावत गर्दै सम्पूर्ण सवारी कागजातहरुमा लाग्ने जरिवना नलिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरिएको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वताउनुभयो । लकडाउनको समयमा अत्यावश्यक सामग्री ढुवानी गर्ने कर्मचारी, चालक सहचालकले बाटोका पसल बन्द हुँदा खानासमेत खान नपाएको महासंघले जनाएको छ। 

यातायात मजदूर र कर्मचारीलाई तत्काल राहतको व्यवस्था गर्न पनि महासंघले सरकार सँग माग गरेको छ । अत्यावश्यक यातायातका चालक, सहचालक तथा मजदूर कर्मचारीलाई स्वास्थ्य उपकरण सहज ढंगबाट मिलाउन सम्बन्धित निकायलाई महासंघले ध्यानकर्षण गराएको छ। महासंघका महासचिव सरोज सिटौलाले सरकारले दिएको निर्देशन पालना गर्दै घरभित्र बस्न देशभरका सम्पूर्ण यातायात व्यवसायी, मजदूर, कर्मचारीलाई आग्रह गरेका छन् । महासंघ अन्र्तगत सार्वजनिक यातायातसेवा संचालन गर्ने तिन सय भन्दा धेरै कम्पनीहरु आवद्ध रहेका छन् ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago