{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585535085292","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585535085287","source":"other","origin":"gallery"}
जापान , मार्च ३० , लोकप्रिय जापानी हास्य कलाकार सिमुरा केनको कोरोनाको कारण निधन भएको छ । उनि कोरोना भाईरसबाट संक्रमित भई उपचारत थिए ।
जापानमा कोरोना भाईरसबाट संक्रमित पहिलो कलाकार बनेका सिमुरा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए । जापानि टेलिभिजनले जनाए अनुसार गए राती उनको निधन भएको हो ।
टोकियोमा शनिबार एकैदिन ६० आईतवार ६८ जना नयाँ कोरोना भाईरसको संक्रमित भएको पुष्टी गरेकोछ । आईतबार राती १० बजेसम्मको तथ्यांक्क अनुसार, जापानभर १६० जना नयाँ संक्रमितहरु थपिएका छन् ।
जापानी संचार माध्यमहरुले उल्लेख गरे अनुसार, हालसम्म जापान भित्रै संक्रमण देखिएका १८८४ जना र डाईयमन्ड क्रुजका यात्री ७१२ जना गरि जापानमा हालसम्म,२५ सय ९६ जना कोरोनाका संक्रमितहरु देखिएका छन् ।यस्तै आईतबार थप एक जनाको निधन पनि भएको छ। यो संगै जापानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ जना पुगेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…