कोरोना कहरले विद्युतीकरण कार्य रोकियो

बैतडी, कोरोना कहरका कारण गरिएको लकडाउनले रोकिएको विद्युतीकरणको काम बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै शुरु हुन सकेको छैन तल्लोस्वराडमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार हुन लागेको थियो

गत चैत ११ देखि गरिएको लकडाउनले रोकिएको विद्युत् विस्तारको काम शुरु हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयअत्तरियाका इलेक्ट्रिकल इन्जिनीयर अभिषेकराज कलवारले जानकारी दिनुभयो

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका पञ्चेश्वर गाउँपालिकमा विद्युत्को राष्ट्रिय प्रसारण पुर्याउनका लागि काम शुरु भएकोथियो सो क्षेत्रमा विद्युत्को पहुँच पुर्याउनका लागि पाटन मेलौलीमा सवस्टेशन राख्ने पाटनदेखि मेलौलीसम्म लाइन विस्तारको कामशुरु भएको थियो

पाटनमा मेलौलीमा सवस्टेशन निर्माणका लागि आरके इन्टरनेसनल प्रालिसँग २०७६ साल जेठमा ठेक्का सम्झौता भएर एक वर्षभित्रगरिसक्ने लक्ष्यसहित काम शुरु भएको भए पनि कोरोना कहरले गर्दा काम प्रभावित भएको उहाँले बताउनुभयो लकडाउनमा सामग्रीढुवानी गर्न नसक्दा काम रोकिएको हो उहाँले भन्नुभयो, “सवस्टेशन निर्माणका लागि टेण्डर भइसकेको  निरीक्षण अनुगमन भएकालेकेही दिनमै पुनः काम सञ्चालन हुन्छ

प्राविधिकसहितको टोलीले निरीक्षण अनुगमनको काम सम्पन्न गरेकाले तिहारपछि काम शुरु हुने उहाँले बताउनुभयो उहाँले भन्नुभयो, “पेपर वर्कको काम सकिएकोले अब चाँडै निर्माणको कामलाई अगाडि बढाइन्छ   पाटनमा सवस्टेशन निर्माणका लागि रु ११ करोड ५०लाख मेलौलीमा सवस्टेशन निर्माणका लागि रु १२ करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो 

यस्तै पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि अमृत इन्द्रधनु जेभीसँग सम्झौता भएको थियो लाइन विस्तारको काम पनि एकवर्षभित्र सक्ने गरेर २०७६ साल जेठमा सम्झौता भएको थियो पाटनदेखि मेलौलीसम्म लाइन विस्तारका लागि रु दुई करोड १४ लाखमाठेक्का सम्झौता भएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको जिल्लाको तल्लोस्वराड क्षेत्रलाईविद्युत्को राष्ट्रिय प्रसारणमा पहुँच पुर्याउन सवस्टेशन निर्माण लाइन विस्तारको काम शुरु भएको हो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago