आज देशभरको मौसम दिनभर कस्तो हुने ?

फाईल फोटो

काठमाडौँ , असोज १४ ।  मुलुकका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्यदेखि आंशिक बदली भएर केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

बुधबार राति पनि प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा राति हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक बदली भइरहेको महाशाखाले उल्लेख गरेको छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago