सरकारले प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप गर्ने ।

फाईल फोटो

काठमाडौैं । सरकारले नेपाल प्रहरी ऐन र प्रदेश प्रहरी ऐन संशोधन अध्यादेश ल्याएपछि नेपाल प्रहरीमा ५ प्रहरी नायब महानिरीक्षकको दरबन्दी थप हुने भएको छ ।

नेपाल प्रहरीमा हाल रिक्त रहेको ३ डीआईजी र सरकारले थप गरेको ५ दरबन्दीसँगै ८ वटा दरबन्दी खाली भएका छन् । हाल मन्त्रिपरिषद्मा पुगेर बसेको थप दरबन्दीको निर्णय अब बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने भएको छ ।

८ दरबन्दी खाली भएपछि अहिले बढुवाका लागि दर्जनभन्दा बढी प्रहरी वरिष्ठ उपरीक्षक लागिपरेका छन् । बढुवाका लागि हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजका केही एसएसपी दौडधूपमा लागेका छन् ।

डीआईजीका लागि एसएसपीहरू पुरुषोत्तम कँडेल, गणेश ऐर, डा. देवबहादुर बोहोरा, दिवेश लोहनी, उमेश रन्जितकार, हरिराज वाग्ले, पूजा सिंह, नलप्रसाद उपाध्याय, मसाउद आलम खाँ, राजेशकुमार लाल कर्णलगायतले योग्य उम्मेदवारको रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।

प्रहरी महानिरीक्षक थापाले कुनै पनि एसएसपीलाई चलखेल नगर्न आग्रह गर्नुभएको छ भने बढुवामा वरिष्ठता र कार्य दक्षतालाई आधार मानेर बढुवा गर्ने बताउँदै आउनुभएको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago