जनप्रतिनिधी कोरोना विमा गराउदै ।

भैरहवा, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ का वडा सदस्य सरोज ठकुरीले आफ्नो वडावासीहरुलाई कोरोना सम्बन्धी जानकारी गराउनका साथै उनीहरुलाई कोरोना विमाको बारेमा बताउदै दैनिक जसो घरदैलो अभियान सञ्चालन गरेका छन् ।

नेपालमा कोरोनाको संक्रमणदर उच्च देखिन थाले पछि जोखिम न्यूनिकरण गर्नुका साथै विमाले केहि भएपनि रहत पुग्ने विश्वास राख्दै अभियान चलाएको ठकुरीले बताए ।

विमा गर्न इच्छा हुँदा हुँदै पनि लकडाउनका कारण र घर बाहिर जाँदा कोरोनाको जोखिम रहेको कारणले मानिसहरु घर बाहिर निस्कन सकिरहेका छैनन् यस्तो समयमा आफ्नो जनप्रतिनिधि नै घर घर फाईल बोकि आएर विमाको फाईदा बताउँदा र विमा गर्न पाउँदा खुसी लागेको वडा वासीहरुले बताए । ३० वर्षीय ठकुरी न कुनै विमा कम्पनीका कर्मचारी हुन् न एजेन्ट नै, न कुनै कमिसन न फाईदा पुर्ण रुपमा समाज सेवामा लागि परेका छन् ।

वडाका सवै घरधुरीका व्यक्तिहरुलाई कोरोना विमा गराउने लक्ष्यका साथ लागि परेका ठकुरी ले आफ्नो वडा भित्रको ३५० वढिको विमा फारम भरिसकेको र ३००० व्यक्तिको बिमा गराउने लक्ष्य रहेको जानकारी दिए ।

१ लाख बरावरको विमाको लागि व्यत्तिगत गरे रु. १०००, परिवार वा कम्पनिका कर्मचारीहरुको विमा ६०० र नगरपालिकाको सिफारिसमा जम्मा ३०० मा गर्न सकिने लुम्विनि विमा कम्पनि भैरहवाका शाखा प्रमुख सतिस भुषालले जानकारी दिए ।

१३ वटा वडा रहेको नगरपालिकामा हाल वडा नं. ११ बाहेक सबै वडाहरुमा कोरोना संक्रमण पुष्टी भइ सकेको छ त्यसैले पनि विमा गराउने को संख्या उल्लेख्य हुने र केहि भए पनि राहत पुग्ने कुरामा वडा सदस्य ठकुरी ढुक्क छन् ।

हाल यो अभियानमा वडाध्यक्ष, अन्य सदस्य, र साथिभाईहरुको पनि सहयोग प्राप्त भएको पनि उनले बताए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago