पोखरा। राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित तथा नेपाल मगर पत्रकार संघ, कास्कीद्वारा सञ्चालित “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” तनहुँका पत्रकार प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।
नेपाल मगर पत्रकार संघ, कास्की शाखाको सोमबार सम्पन्न बैठकले पत्रकार रानामगरलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको अध्यक्ष रूद्रबहादुर हितानमगरले जानकारी दिए । यसअघि, संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा गठित पुरस्कार प्रतिभा छनौट समितिले पत्रकार रानामगरलाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।
छनौट समितिमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्र श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगर र सदस्य मीना थापामगर रहेका थिए । आगामी साउन १ गते प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र ताम्रपत्र रहेको छ ।
पुरस्कृत हुन लागेका पत्रकार रानामगर कान्तिपुर टेलिभिजनमा आबद्ध रहेका छन् । साथै, रानामगर नेपाल मगर पत्रकार संघको गण्डकी प्रदेश संयोजक, नेपाल पत्रकार महासंघ, तनहुँ शाखाको कोषाध्यक्ष र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) तनहुँ शाखाको अध्यक्ष हुन् ।
गण्डकी प्रदेशको लोकप्रिय मौलिक कौरा नाचको संरक्षण र प्रवद्र्धनमा पत्रकारितामार्फत् योगदान दिने पत्रकारलाई प्रदान गरिने यो पुरस्कारबाट यसअघि, नवलपरासीकी पत्रकार कमला रानामगर र कास्कीका पत्रकार तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…