चार महिनामा धान खेतमा माछापालन गरेर तीन लाखभन्दा बढी आम्दानी

कञ्चनपुर,शुक्लाफाँटा नगरपालिका सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन्

जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमाखेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन्

उहाँले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् गत असारमहिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उहाँले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उहाँले भन्नुभयो, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानीभएको धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उहाँको भनाइ

फोटो फाईल

धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरुवर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भन्नुभयो, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्षपनि निरन्तरता दिने योजना छु

धान काटेर थन्क्याई सकेका उहाँले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामाराखिएको धानखेतसँगै उहाँले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गर्नुभएको विगतका वर्षमा ÷ बोरी मात्रैधान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उहाँको भनाइ

धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पु¥याउने उहाँको योजना खेतमामाछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ त्यसपछि खेतमा पानी लगाइहिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उहाँको भनाइ

माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि (मेण) बनाउनु पर्ने हुन्छ खेत पोखरीमा गरी दुई सयक्विन्टल माछा उत्पादन भएको ”, ऐरले भन्नुभयो, “यसको बजार मूल्य रु लाख रहेको माछापालनका लागि मात्रै ऐरले रु पाँचलाख लगानी गरेका छन माछापालनसँगै उहाँले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पाल्नुभएको फार्ममा माछा, कुखुरा, बङ्गुर हाँस पालनुभएका उहाँले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन फार्म सञ्चालनकालागि केही रकम आफूसंगै भएको केही रकम बैंकबाट ऋण लिएको उहाँको भनाइ

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago