बालबालिका लक्षित वडाको कार्यक्रम परियोजनाकार्य पुस्तिका

पाल्पा । मुलुक कोरोना भाइरसका कारण लकडाउनमा छ । विस्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागी सबै शैक्षिक संस्थाहरु बन्द छन । पठनपाठन हुन सकेको छैन ।पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ७ ले भने पुस्तक मार्फत विद्यार्थीलाई उपयोगी क्रियाकलाप सिकाउन थालेको छ ।

पुर्व प्राथमिक देखि १० कक्षा सम्मका बिद्यार्थीको दिनचर्या बदल्न सक्ने सन्देशहरु पुस्तकमा रहेका छन । वडा न ७ मा रहेका १७ सय विद्यार्थीलाई संदेशमूलक पुस्तक बितरण गरेको हो । सरकारले प्रबिधिको प्रयोग गरी डिजिटिल माध्यामबाट अध्यापन गर्न भनेपनी भौगोलिक अवस्था र सुचना प्रबिधिको कम पहुचका कारण सम्भब हुन सकेको छैन । यस्तो अवस्थामा अभिभावकको सहयोगमा विद्यार्थीले गर्ने उपयोगी पुस्तक बितरण गर्दै वडा नम्बर ७ का अध्यक्ष मुक्तिराम जि.सी. भन्नुहुन्छ “बिद्यालयमा राखेर शिक्षक र विद्यार्थीले प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप गर्न नसकिएको समयमा हामिले विद्यार्थीलाई विभिन्न परियोजना कार्यहरु पस्केका छौ अभिभावकको निगरानीमा गर्ने परियोजनाकार्य पुस्तिकाले खाली बसिरहेका विद्यार्थीलाई जिवनउपयोगी सिपहरु सिक्ने अवसर मिल्ने छ भने कक्षागत कार्य गर्न उत्प्रेरित गर्ने आशा लिएका छौं” ।

पुस्तकमा १० देखि १५ दिन सम्म विद्यार्थीले गर्न सक्ने क्रियाकलाप समेटिएका छन । अबिभाबकको भुमिका निभाउन सफल भएको भन्दै बंशगोपाल युवाक्लबका अध्यक्ष प्रदिप खनाल भन्नुहुन्छ “वडले गरेको उत्कृष्ट कार्यले समसामयिक बिषयवस्तुको जानकारी साथ शिक्षण सिकाइको प्रायसबाट बन्दाबन्दीको समयमा विद्यार्थीलाई निष्क्रिय हुनबाट केही हदसम्म जोगाईराख्ने छ” ।
पुस्तकमा पुर्ब प्राथमिक तहलाई नम्र र साँचो बोल्न सिकाउने, कक्षा १ लाई ब्यक्तिगत सरसफाइमा ध्यान दिन लगाउने, कक्षा २ लाई हस्तलेखन साथ पढ्ने बानि बसाल्ने, कक्षा ३ लाई ठुलालाइ सम्मान गर्न सिकाउने, कक्षा ४ लाई आदर र सत्कार सिकाउने, यसैगरी कक्षा ५ लाई समसामयिक बिषयमा जानकारी गराउने, खेलकुद सिकाउने जस्ता धेरै क्रियाकलाप समेटिएका छन । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई भने अङ्ग्रेजी, नेपाली, गणित, बिज्ञान, सामाजिक र स्वास्थ्य जनसंख्या तथा वातावरण बिषयमा फरक-फरक कार्यगर्न सुझाएको छ । यस्तै पेशा ब्यवसाय, स्थानीय, स्वास्थ्य, नैतिक र कम्प्युटर बिषयमा थप जानकारी गराउले खलका कार्यगर्न अनुरोध गरेको छ । अतिरिक्त क्रियाकलाप साथ खेलकुदमा बिद्यार्थी लाई ध्यान दिन सिकाएको छ ।

लुम्बिनी मेडिकल कलेज, नवदुर्गा निर्माण सेवा, प्रभास सपिङ्ग सेन्टर, बंशगोपाल युवा क्लबको र अशेष भट्टराईको सहयोगमा वडा कार्यालयले प्रकाशित गरि पुस्तक बितरण गरेको थियो । वडाले बितरण गरेको बहुउपयोगी पुस्तकबाट बालबालिकाको क्षमता बिकास हुने अभिभावकले अपेक्षा गरेका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago