वग्नासकाली गाउपालिकाले कृषकलाई माैरी घार वितरण ।

 

सन्ताेष गहतराज , पाल्पा । पाल्पाकाे  बगनासकाली गाउँपालिका वडा नं. १, चिर्तुङ्गधाराको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले  बगनासकालीको समृद्धि कृषिबाट नै सम्भव भएकाले गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।गाउँपालिका आगामी आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम निमार्णमा जुटेकाले सकारात्मक सुझावहरू पेश गर्न हुन पनि सबैलाई आव्हान गर्नु भएको छ । अब कृषि र पशुलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निमार्ण गर्ने सोचमा गाउँपालिका रहेकाले सबैले साथ दिनु पर्नेमा जोड दिनु भयाे । साेहि अनुसार बग्नासकाली गाउँपालिकाले बग्नासकालीलाई माैरी गाउकाे रूपमा परिचित गराउने उधेश्यले पछिल्लो समयमा माैरीपालन गर्ने कृषकहरूलाई माैरी  अनुदानमा वितरण गरिएकाे  अध्यक्ष  बस्यालले बताउनु भयाे । साथै  माैरीपालन व्यवसाय अरू व्यवसायमा जस्ताे धेरै  मेहनत गर्न पनि नपर्ने र निरन्तर रूपमा फाइदा लिन सकिने भएकाेले कृषकहरूलाई माैरी पालन व्यवसायमा उत्प्रेरित गरेकाे अध्यक्ष बस्यालले बताउनु भयाे ।  त्यस्तै  गाउँपालिका  उपाध्यक्ष सरस्वती चिदीले अब पुर्वाधार भन्दा पनि कृषिबाट स्वराेजगार हुन सक्ने भएकोले अहिले बग्नासकाली गाउपालिकाले कृषिमा प्राथामिकता दिइ कार्यक्रम ल्याईएकाे बताउनु भयाे । माैरी घार वितरण कार्यक्रममा वडा १ नं. वडाका अध्यक्ष सोम ब. झेंडी, २ नं. वडाका अध्यक्ष टेकनाथ शर्मा, कृषि विकास शाखा प्रमुख लगायत को उपस्थितिमा सम्पन्न भएको थियो । गाउँपालिकाले सामाजिक दूरी कायम गरि  ५४ वटा माैरीघार वितरण  गरिएको कृषि शाखा प्रमुख राजेश बाहाेराले बताउनु भयाे ।

बग्नासकाली गाउँपालिकाले माैरी पालन गर्ने कृषकहरूलाई माैरी घार तथा अन्य माैरी जन्य सामाग्री यस अघि पनि २३ वटा माैरी सहितकाे घार र ४२ वटा खाली घार तथा माैरी जन्य सामाग्री हस्तान्तरण गरेकाे थियाे ।  

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago