पाल्पा , बैशाख १५ । पाल्पाको पूर्वखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका ६ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । मुकुन्द प्रावि देवीनगरमा बसेकालाई ६ जनाको कोरोना संक्रमण आरडिटी परीक्षण पछि रिपोर्ट नेगेटिभ आएको हो ।
गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले आरडिटी गरेको थियो । दुई हप्ता अघि धादिङ हुँदे पाल्पा आएका ६ जनालाई क्वारेन्टाईनमा राखिएको थियो । उनीहरुको र्यापिड डायग्नोष्टिक टेष्टपछि सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । क्वारेन्टाईनमा १४ दिन पुगेकालार्ई यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । रिपोर्ट नेगेटिभ आएकाले उनीहरू सबैलाई वडा अध्यक्षको रोहबरमा एक साता अझै होम क्वारेन्टाइनमा बस्ने सर्तमा छाडिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…