काठमाडौं । कोरोना परीक्षणको दायरा बढाउँदै लगेको सरकारले अब निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट परीक्षण गर्न दिनेगरी प्रयाेगशालाकाे न्यूनतम मापदण्डसम्बन्धी निर्देशिका जारी गरिएकाे जानकारी दिए । मन्त्रालयमा अायाेजित पत्रकार सम्मेलनमा उनले भने– ‘प्रयोगशालाको न्यूनतम मापदण्ड सम्बन्धी निर्देशिका ल्याएका छौँ, जसले मापदण्ड पूरा गर्ने निजी प्रयोगशालालाई पनि पीसीआर परीक्षण गर्ने बाटो खुला गरेको छ ।’
तर, पीसीआर परीक्षण गर्न चाहाने निजी प्रयोशालाहरुले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले स्पष्ट पारे । मन्त्रालयले ‘इन्ट्रीम गाइडलाइन फर दि स्टाब्लिसमेन्ट एन्ड अप्रेशनलाइजेशन अफ मलिकुलर ल्याबोरेटरी फर कोभिड १९’ नामको निर्देशिका जारी गरेकाे हाे ।
प्रवक्ता देवकोटाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण सुरु भएको जानकारी समेत दिए । योसँगै देशभर १६ ठाउँबाट पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न सकिनेछ ।
पीसीअार विधिमा मानिसकाे थ्राेट स्वाब संकलन गरेर प्रयाेगशालामा परीक्षण गरिन्छ । पीसीआरबाट परीक्षण गरेपछि मात्र कोरोना संक्रमण भए/नभएकाे पुष्टि हुन्छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…