हिमालय एयरलाइन्सलाई आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्न दिने निर्णय कार्यान्वयन नगर्न मन्त्री भट्टराईको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन्।

मन्त्री भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालय बोलाएर निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्।‘कुनै पनि ठूला निर्णय गर्दा मन्त्रीसँग छलफल गरेरमात्रै निर्णय गर्न निर्देशन भएको छ’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘हिमालय एयरलाइन्लाई सेल्फ ग्राउण्ड ह्याण्डलिङसम्बन्धी निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने निर्देशन भएको छ।’

मन्त्री भट्टराईले महानिर्देशक पोखरेललाई सचिव केदार बहादुर अधिकारीसँगै राखेर अबदेखि कुनै ठूला निर्णय गर्नुपहिले मन्त्रीसँग छलफल गर्न निर्देशन दिएको स्रोतको भनाइ छ।मन्त्री भट्टराईले यसअघि सेल्फ ग्राउण्ड ह्याण्डलिङ पाएका एयर इन्डिया र थाई एयरवेजको अनुमति समेत रद्द गर्न निर्देशन दिएका छन्।
‘एयर इन्डिया र थाई एयरवेजले मापदण्ड पूरा नगरी अनुमति पाएको देखियो’, स्रोतले भन्यो, ‘यी एयरलाइन्सको ग्राउण्ड हेण्डलिङको व्यवस्था समेत नेपाल वायुसेवा निगमलाई दिन निर्देशन भएको छ।’

त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा नेपाल वायुसेवा निगमले पाएको छ। वायुसेवा निगमको मुख्य आयस्रोत रहेको ग्राउण्ड हेन्डलिङ अरुलाई दिँदा निगमको आम्दानी गुम्ने भन्दै विरोध भएको थियो।

यो पनि –
हिमालय एयरलाइन्सले आफैँ ‘ग्राउण्ड ह्याण्डलिङ’ गर्न पाउने

नेपाल वायुसेवा निगमको आधिकारिक ट्रेड युनियनले समेत वायुसेवा निगमको आम्दानी गुम्ने गरी हिमालय एयरलाइन्सलाई अनुमति दिएको भन्दै विरोध जनाएको थियो।

‘हिमालय एयरलाइन्सको व्यावसायिक र प्राविधिक क्षमता अझै पुगेको देखिएन, त्यसैले निर्णय कार्यान्वयन नगर्न निर्देशन दिइएको हो’, मन्त्रालय स्रोतको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ अनुसार सुविधा दिएको बताएको थियो। उक्त दफामा हप्तामा ३५ भन्दा बढी उडान गर्नेले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न पाउने व्यवस्था रहेको छ।

प्राधिकरणका अनुसार हिमालय एयरलाइन्सले २०७६ चैत ७ गतेमा आवेदन दिएको थियो। निर्देशिकाको प्रावधान पूरा भएको भन्दै प्राधिकरणले भदौ २८ गते अनुमति प्रदान गरेको थियो।वायुसेवा निगमले आफ्नोबाहेक २५ विदेशी वायुसेवा प्रदायकहरुलाई समेत व्यावसायिक ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago