भारतका पूर्व मन्त्री तथा भाजपाका संस्थापक सदस्य जसवन्त सिंहको निधन

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ। भारतीय जनता पार्टी (भाजपा) का संस्थापक सदस्य मध्ये एक जसवन्त सिंहको ८२ वर्षको उमेरमा आइतबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फाइल फोटो

राजस्थानको बाडमेरका जसवन्तले अटल विहारी बाजेपेयीको सरकारमा विदेश, रक्षा र वित्त मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका पूर्व मेजर पनि हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति गम्भीर दुःख व्यक्त गरेका छन् । ट्वीट मार्फत उनले श्रद्धाञ्जली अर्पण गर्दै सिंहले पूरै लगनका साथ देशको सेवा गरेको बताएका छन् ।

सन् २०१४ मा घरकै बाथरुममा लडेपछि जसवन्त सिंहको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसयता उनी कोमामा थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago