Categories: समाज

माथागढी गाउँपालिकाले नेपाल-भारत सिमानामा अलपत्र ३९ जना नागरिकलाई उद्वार ।

पाल्पा ,सन्ताेष गहतराज

पाल्पा जिल्लाको माथागढी गाउँपालिकाले भारतबाट आई नेपाल भारतको सिमानामा अलपत्र परेका ३९ जना नागरिकहरूलाई उद्धार गरेको छ। गाउँपालिकाले केही दिन अगाडि १९ जनालाई उद्वार गरेकाे थियाे र मंगलबार २० जना नागरिकहरूलाई सुनाैली सम्म गाउँपालिकाले नै यातायातकाे व्यवस्था गरि उद्वार गरेकाे गाउँपालिका अध्यक्ष सन्ताेष थापा मगरले बताउनु भयाे । लामो समय देखि कोरोना भाइरसकाे संक्रमणले भारतमा राेजगारीका लागि गएका नागरिकहरूकाे लकडाउन लम्बिए सँगै उनीहरूको रोजीरोटी नै गुमाइ बाध्यताबस भारतबाट आफ्नो निवास क्षेत्रमा फर्कन बाध्य भएका नागरिकहरूले उद्वार छ।

यसै सन्दर्भमा मंगलबार मात्र माथागढी गाउँपालिका २० जनालाई नेपाल भारतको सुनौली र कृष्णनगरको सिमानाबाट गाउँपालिकाको पूर्ण सहयोगमा उद्धार गरिएको छ। मंगलबार उद्धारमा पर्नेहरूमा वडा न: १ को ३ जना,वडा न: ४ को ३ जना र वडा न: ६ को १४ जना गरि जम्मा ४० जनालाई उद्वार गरिएकाे गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले गार्खाली भ्वाइस डटकमलाई जानकारी दिनुभयो। गाउँपालिकाले केही दिन अगाडि १९ जनालाई सुनाैली र कृष्ण नगर नाकाबाट उद्वार गरेकाे छ र सिमामा अलपत्र परेका नागरिकलाई उद्वार गरिने कामलाई निरन्तरता दिने गाउँपालिका जनाएको छ ।

साथै उनीहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा सुरक्षित साथ राखिएको पनि अध्यक्ष थापाले जानकारी दिनुभयो । अझै यस्ता धेरै माथागढीवासी नागरिकहरू प्रवासमा अलपत्र रहेकोे नागरिकहरूलाई उद्धार गर्न गाउँपालिकाले यातायात व्यवस्था गरि सुनाैली पठाउने र गाउँकार्यपालिकाको कोरोना बिपद व्यवस्थापनको निर्णय बमोजिम काम गर्ने थापाले बताउनुभयो । गाउपालिकाका प्रशासकिय अधिकृत राजु नेपाल भारतबाट अलपत्र परि आएका नागरिकहरूले गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिने र उनिहरूकाे खानेबस्ने व्यवस्था गाउँपालिकाले मिलाए बताउनु भयाे । साथै भारतबाट आएका नागरिकहरूकाे काेराेना परिक्षणकाे लागि जिल्लामा किटकाे अभाव रहेकाेले यधपी परिक्षणकाे दायरालाई अगाडि बढाउने प्रशासकिय अधिकृत नेपाल बताउनु भयाे ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago