जातिय विभेद गर्ने र भोग्ने समूदाय अंशियार र वंशीयार ।।

जातिय विभेद प्रमुख कारण रहेर भएको भनिएको पश्चिम रुकुमको चौरहजारी नगरपालिका -८ मा भएको हत्या र बेपत्ताको घटना तथा रुपन्देहीको देवदह नगरपालिका वडा ११ कि अङ्कारा पासीले विभेदको कारण आत्महत्या गर्नुपरेको घटना प्रती सबैको ध्यानाकर्षण होस्।

कुनै पनि बहानामा हुने यस किसिमका अमानविय घटनाको हरकोहीले घोर भर्त्सना गर्नु गर्दछ । सबै किसिमका आग्रह/पुर्वाग्रह बाट टाढै रहेर यथाशीघ्र सत्य तथ्य छानबिन गरी दोषीलाई प्रचलित कानुनको दायरामा ल्याएर, कानुन कार्यान्वयन हुन दिउँ ।

सर्वप्रथम बिद्यमान/प्रचलित जातियछुवाछुत तथा जातिय विभेद बिरुद्धको कानुन कार्यान्वयन र दोश्रो चरणमा दण्ड व्यवस्था मात्रै सुधृढ तुल्याउने र तेस्रो चरणमा राज्यको अभिवावकिय भुमिकाले घाउमा मल्हमपट्टि लाग्दथ्यो र समाजले सहि दिशानिर्देश पाउँथ्यो

जातिय भेदभाव तथा छुवाछुत गर्नेलाई कारवाही गर्न ‘जातीय छुवाछुत तथा भेदभाव ऐन २०६८’ भएता पनि सामाजिक चेतनाको अभावमा यस किसिमका छुवाछुत र भेदभावका घटना निर्मूल पार्न सकिएको छैन । जातिय भेदभाव हटाउन बनाईएका यस किसिमको कानूनको पालनामा कडाईका साथसाथै जनचेतना समेत फैलाउनुपर्ने आवश्यकता देखिन्छ । जातिय विभेद गर्ने र भोग्ने समूदाय बीच “अंशियार र वंशीयार ” को सम्बन्ध स्थापित गर्न हामी सबैका कर्महरु केन्द्रित बनुन्।

यस किसिमका जातिय विभेद र छुवाछुतको अन्त्य गर्न सामाजिक चेतना फैलाउने कार्य गर्नु हामी सबैको सामाजिक कर्तब्य हो। सर्वप्रथम बिद्यमान/प्रचलित जातियछुवाछुत तथा जातिय विभेद बिरुद्धको कानुन कार्यान्वयन र दोश्रो चरणमा दण्ड व्यवस्था मात्रै सुधृढ तुल्याउने र तेस्रो चरणमा राज्यको अभिवावकिय भुमिकाले घाउमा मल्हमपट्टि लाग्दथ्यो र समाजले सहि दिशानिर्देश पाउँथ्यो।

पस्चिमी समाजमै गतार्थ भएको राष्ट्रराज्य सिद्धान्त विभिन्न राजनीतिक आवरणमा नेपाली समाजमा नश्लिय ध्रुवीकरण, संकीर्ण कित्ताकाट र घृणाको संस्थागत बिकास गरएको पृष्ठभूमिमा यस्ता घटना भविष्यमा अझै दोहोरिने र नागरिक तथा प्रशासनिक दायरा भन्दा बाहिर जानगई नेपाली समाजले अकल्पनीय धनजनको क्षती, वैश्विक कलंक र आलोचनाको भारी गरुङो पर्ने सुनिस्चित छ।

पछिल्लो समय आमसञ्चार माध्यम मार्फत साम्प्रदायिक सद्भावमा खलल पुग्ने सामग्रीहरु प्रचार प्रसार हुने क्रम बढेको र केही कुत्सित मानसिकता बोकेका बज्रस्वाँठहरुले नेपाली समाजको मुल प्रवृति तथा सम्रचनामै आघात प्र्याउने कार्य भइरहेको घटनाहरूलाई नजर अनदाज नगरौँ र अपराध र अपराधी लाई सामुदाय करण तथा राजनीति करण गरेर अपराध लाई कम्जोर नतुल्याउँ र अपराधी लाई कानुनको दायरामा ल्याएर भविस्यमा हुने यस्ता अपराधलाई निरुत्साहित तुल्याउँ।

प्रविधिको प्रयोग गरी आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न हामी सबै स्वतन्त्र छौँ तर नागरिक दायित्व र सामाजिक कर्तब्यलाई आत्मसात गरेर त्यस्ता अधिकारहरुको अभ्यास गर्नु श्रेयस्कर हुन्छ तर अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैलाई पनि हेप्ने, होच्याउने, गिज्याउने, तथानाम गाली गर्न पाइँदैन । समुदाय समुदाय विच घृणा सृजना गरेर द्वन्द्वको स्थिति सृजना गरेर हिंसा भड्काउने र प्राचिनत बाट अविछिन्न रुपमा हस्तान्तरण भएको सहृदयतामा आँच पुर्याउने यस्ता गतिविधि गर्ने छुट कसैलाई पनि छैन।

कृषि टेलिभिजनमा मधेसी समुदायमा व्याप्त गरीबीलाई हाँसोको विषय बनाईनु र टिकटकमा मधेसका लाखौं सर्वसाधारणको स्वाभिमानमा ठेस पुर्याउने अभिव्यक्ति आउनु निन्दनीय र दण्डनीय छ । यस प्रकारको गतिविधि संलग्न व्यक्ति तथा संस्थालाई अविलम्ब कार्यवाहीको दायरामा ल्याईनु पर्दछ। नेपाली समाजको सहृदयतामा खलल पुर्याउने जो कोहीलाई पनि कडा भन्दा कडा सजाय दिएर भविष्यमा यस प्रकारको गतिविधिलाई निरुत्साहित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

अपराध पनि सामाजिक मेलमिलापको नाममा बिषयान्तर गरिन्छन्, कार्यान्वयन भएभने पनि साधारण धरौटी र तारेखमा मुद्दालाई कम्जोर तुल्याइन्छन्

नेपाल परापूर्व कालदेखि विविधतायुक्त राष्ट्र भएकोमा सारा नेपालीले यसको सम्मान र हरपल गौरव गर्नुपर्नेमा जोड दिएर, नेपालको एकतालाई प्रवर्धन गर्न र सहृदयता सुनिश्चित गर्न विविधतालाई पार्थक्य मान्ने आवधारणा खारेज गरी विविधतालाई स्वभाविक मान्ने सहृदयताको अवधारणा बोकेको सहृदयता दर्शनको मूलप्रवाहीकरण अनिवार्य भएको छ।

राजनीतिक आवरण, धनको धाक र शक्तिको पहुँचका कारण अधिकांश अपराध कानुनी दायरामा आउँदैनन्, आएको अपराध पनि सामाजिक मेलमिलापको नाममा बिषयान्तर गरिन्छन्, कार्यान्वयन भएभने पनि साधारण धरौटी र तारेखमा मुद्दालाई कम्जोर तुल्याइन्छन्। नेपाली समाजकै कलंकको रुपमा रहेको जातिय विभेद अझै पनि सबैको साझा मुद्धा नभएर, एउटा जाती अथवा एउटा समुदायको मुद्धा कसरी रहन गयो? एउटा समुदाय सँधै पिडामा रहने र अर्को समुदाय लाजपचाउने र केही समय पश्चात् त्यही प्रवृति दोहोर्‍याएर भो अब समाजलाई कलंकको टीका नलगाउँ। इतिहासको बन्धी भएर कुन्ठा र मैमत्ता हैन, स्थिती-गत्यात्मक प्रगति गर्न स्वकृयायात्मक अग्रसर बनौं।

बन्दे नेपाल मातरम्।।

(लेखक नुमनाथ प्याकुरेल, सरस्वती बहुमुखी क्याम्पस, काठमाडौंका प्राध्यापक हुनुहुन्छ )

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago