बैदेशिक रोजगारीबाट फर्किएकाहरु चुनौती बन्दै

पाल्पा, १३ चैत्र :भविन्द्र गौतम

पाल्पामा कोरोना भाइरसको संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणलाई बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरु चुनौती बनेका छन् । भारत लगायत तेस्रो मुलकबाट गाउँ र शहरमा भित्रिएकाहरु खुलेआम हिंडडुल गर्न थालेपछि उनिहरुलाई क्वारेन्टाइन र घरमै राख्ने चुनौती थपिएको छ । अस्पताल, जनप्रतिनिधिहरु, स्थानीय तहका स्वास्थ्यकर्मीहरु सहित आम नागरिकलाई भारत सहित अन्य देशबाट घर फर्किएकाहरु खोजी गरेर उनिहरुको अवस्था पहिचान गर्ने अपिल गरिएको छ । यस्ता व्यक्तिहरुमा ज्वरो आएमा वा संक्रमणका लक्षण देखापरेमा घरमै वा स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा संक्रमण रोकथाम र उपचार सहजिकरण समितिको बुधबार बसेको बैठकले बाहिरबाट फर्किएका खोजी गर्ने सहित विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश सासंद नारायण प्रसाद आचार्यको संयोजकत्वमा ४ सदस्य निर्देशन टोली, कार्यटोली र सूचना संकलन तथा सम्प्रेषण समिति गठन गरेको छ । बैठकले स्थानीय सरकारले आफ्नो क्षेत्रमा डिस इन्फेक्टेन्ट औषधीहरु नियमित छर्किने, संक्रमित व्यक्तिहरुको पहिचान र खोजी गर्ने, अस्पताल र स्वास्थ्य संस्थामा जान सल्लाह दिने र घर वा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्न सल्लाह दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

रिब्दीकोट गाउँपालिका १ सय २५, पूर्वखोला गाउँपालिकामा २२, रामपुर नगरपालिकामा ११, रम्भा गाउँपालिकामा १०, रैनादेवी छहरामा २ सय ८८ र तानसेन नगरपालिका वडा नंं. १२ मा १२ जना भारत र तेस्रो मुलकबाट गाउँ फर्किएको तथ्यांङक पहिचान भएको छ । आफ्नो घर र गाउँ फर्किन सवारी साधनहरु नचलेपनि तराईसंग सिमा जोडिएका विभिन्न नाकाहरुबाट हुल बाँधेर मानिसहरु हिडेर भएपनि फर्किन थालेका छन् । तिनाउ, माथागढी, रैनादेवी छहरा गाउँपालिका र रामपुर नगरपालिकका विभिन्न नाका हुदै मानिसहरु प्रवेश गरेको सूचनाका आधारमा खोजी कार्य तिब्र पारिएको हो । मंगलबार राती भारतबाट कैलाली नाका हुदै पाल्पाको रामपुर नगरपालिका, पुर्वाखोला गाउँपालिका, रम्भा गाउँपालिका र बाग्लुङका गरी ३७ जनालाई तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण पश्चात सम्बन्धित स्थानीय सरकारको जिम्मा लगाइएको छ । उनिहरुमा संक्रमणको लक्षण देखा नपरेकाले क्वारेन्टाइनमा बस्ने शर्तमा सम्बन्धित क्षेत्रमा पठाइएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले बताए । पाल्पामा २ सय ६५ बेड क्षमताको क्वारेन्टाइन तयार गरिएको छ । स्थानीय सरकार र जिल्लाका सरकारी स्तरबाट सिमित उपकरणबाटै संक्रमण रोकथाममा सक्रियता बढाएपनि पाल्पामा दुई ठूला अस्पताल र निजी मेडिकल हलहरु भने संवेदनशिल देखिएका छैनन् । कतिपय निजी मेडिकल हलहरु बन्द भएका छन् । लुम्बिनी मेडिकल कलेज प्रभास र यूनाइटेड मिसन अस्पताल पाल्पामा ज्वोरो आएर पुगेका बिरामीहरुलाई भर्ना नलिएर घर फिर्ता गरेका गुनासाहरु आएका छन् ।

Sanjay poudyal

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago