पाल्पाका सबै स्थानीय तहहरुमा क्वारेन्टाइन स्थल निर्माण ।

पाल्पा, १२ चैत्र । पाल्पाका सबै स्थानीय तहहरुमा क्वारेन्टाइन स्थल निर्माणको तयारी थालिएका छन् । राजनीतिक दल, सभासद, स्थानीय तहका प्रमुख, सुरक्षा निकाय र अस्पतालका प्रमुखहरुको बैठकले विद्यालय तथा अन्य सार्वजनिक भवनहरुमा क्वारेन्टाइन बनाउने सहमति भएसंग धमाधम निर्माणको थालेका छन् । तानसेन नगरपालिकाले वडा नं. ६ मा रहेको बर्तुङको जनप्रिय माध्यमिक विद्यालयमा ५० वेडको क्वारेन्टाइन सञ्चालन गरेको छ । खानाको व्यवस्था, स्वास्थ्यकर्मीको निगरानी सहित सम्पूर्ण सुविधा रहेको क्वारेन्टाइन शुरु गरेको तानसेन नगरपालिका नगरप्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

जिल्ला अस्पताल, युनाटेड मिसन अस्पताल, लुम्बिनी मेडिकलबाट सिफारिस भएका शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राखिने छ । संक्रमण रोकथाम निर्मलीकरण गरेपश्चात बिरामीहरु राखिनेछ । रम्भा गाउँपालिकाले ताहुँको रम्भा माविमा ३५ वेडको क्वारेन्टाइन बनाएको छ । गाउँपालिकाले स्वास्थ्य संस्था लाइ चाहिने माक्स, सेनिटाइजनर, ग्लोपस्, एप्रोन र औषधीहरुको प्रयाप्त मात्रमा राखेको छ । रामपुर नगरपालिकाले २० वेडको क्वारेन्टाइन निर्माण गर्न तयारी गरेको छ । नगरपालिकाले रामपुर ५ सानीअमराईको बालकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाइन राख्ने जनाएको छ । 

बाहिरी जिल्लाबाट मानिसहरु आउने क्रम बढेपछि आएकाहरुलाई स्वास्थ्य परिक्षण र तथ्याङक संकलन गर्न थालिएको छ । कति व्यक्ति र कुन देश र जिल्ला, कस्तो स्वास्थ्य अवस्था भएको मानिस भन्ने तथ्याङक लिएपछि त्यही आधारमा रोकथामका उपायहरु अलम्बन गर्ने सकिने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुमति विना चलेका सवारीहरुलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago