सर्जक केशव पौडेल को नया कोसेली पैसा र बैश बजारमा चर्चा बटुल्दै ।

जापान । नेपालि लोक तथा दोहोरिगीतको क्षेत्रमा शब्द लेखनमा इतिहास रच्न सफल अनवरत फड्को मार्न सफल सर्जक तथा राष्ट्रिय लोकतथा दोहोरिगीत प्रतिष्ठान नेपाल जापान शाखाका प्रवक्ता केशव पौडेल को नया कोसेली पैसा र बैश डिजिटल बजार मा चर्चा बटुली रहेको छ।

बिगत केहि वर्ष देखि निकै चर्चित गीत सगै सांगीतिक यात्रामा निरन्तर आफ्नो कलम चलायमान गर्दै आफुलाई चिनाउन सफल सर्जक केशव पौडेल हाल जापान को टोक्यो मा बिगत नौ वर्ष देखि कार्यरत छन्। उनका शब्दमा प्राय माया प्रेम संग सम्बन्धित हुने पाईन्छ । युवा समूह उनका लागि उनका शब्द पहिलो रोजाइमा पर्ने गरेका छन्। 

केशव पौडेल भन्ने बित्तिकै हामी उइखोलिमा पानि ,गुन्द्रुक मिठो सागको, घिन्ताङ्ग मादल र पछिल्लो समयमा पुतली लगाएतका निकै चर्चित दोहोरीगीत सबैले सम्झने गर्छन। पछिल्लो समय मा आफ्नो लेखन विधा लाइ चलायमान गर्दै जाने क्रममा  राष्ट्रिता झल्किने गीत हरुमा  पनि उहाकै शब्द रहने गरेका छन्। सांगीतिक बजार मा चुलिएको प्रतिसपर्धा लाइ चिर्न आफ्नो सिमित क्षेत्रलाइ फराकिलो   बनाउने क्रममा पुन नया आयाम थप्ने काम भएको छ। 

त्यो नयाआयाम भनेको हाल डिजिटल बजारमा आएको आधुनिक गीत पैसा र बैश लाइ  लिन सकिन्छ। यस गीतले पनि बिगत मा जस्तै चर्चा बतुलोसा हाम्रो सुबेछ्या एवम शुभकामना रहेको छ। 

यस गीतमा हेमन्त शिशिर को संगीत एवम आवाज सगै सुशिला थापा र सबिन श्रेष्ठ को अभिनय रहेको छ। समग्रमा गीत का सबै पछ्य राम्रो रहेको छ। गीत को लागि तलको लिंक मा जानुहोला।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago