स्याङ्जा । पुतलीबाजर नगरपालिकाले कारोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने स्वस्थ्यकर्मीहरुको कोरोना विमा गर्ने भएको छ । नगर प्रमुख सीमा कुमारी क्षेत्रीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको वैठकवाट कोरोना बिमा गर्ने निर्णय गरेको हो ।
कोरोनाको उपचारमा खटिने जन प्रतिनिधि, स्वस्थ्यकर्मी तथा सहयोग गर्ने कर्मचारीहरुको सुरक्षाका निम्ति १ लाख बराबरको कोरोना विमा गर्ने निर्णय गरेको नगर प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।
प्रमुख क्षेत्रीका अनुसार “राहत वितरणमा खटिने कर्मचारी तथा जन प्रतिनिधि, कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा खटिने स्वस्थ्यकर्मीहरु,भाइरसको रोकथाममा सहयोग गर्ने ब्यक्ति, कोरोना सग सम्वन्धित काममा नगरपालिकाले खटाउने अन्य व्यक्तिहरुमा समेत लागुहुने छ” ।
यसैगरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ताराचन्द्र ढकालको अध्यक्षतामा बसेको विपद् व्यव्यवस्थापन द्रुत प्रतिकार्य समितिले Case Investigation and contact Tracing Team समेत गठन गरेको छ । दुइ समुहमा बिभाजन गरि गठन गरिएको उक्त समुह मध्ये समुह ‘क’ को सँयोजकमा सिअहेव भवानी शकर पोखरेल र सदस्यमा असिस्टेन्ट ल्याव टेक्निसियन साजन सापकोटा र अ हे व दिपक सापकोटा रहेका छन् । समुह ख को सँयोजकमा सिअहेव इश्वर वहादुर थापा, सदस्यमा ल्याव टेक्निसियन पृथ्वी लामिछाने र अहेव मो अख्तर हसिन रहेका छन् ।
समुह क ले वडा न १, २, ४, १०, ११, १२, १३ र १४ तथा समुह ख ले वडा न ३, ५ ,६ ७, ८ र ९ मा कोरोना भाइरसका सँक्रमित भेटीएमा उनिहरुको केस अनुसन्धान तथा खोज पडताल सम्वन्धि काम गर्ने छन् ।
यो संगै समितिले पुतलीबजार नगरपालिकामा डेङ्गु नियन्त्रण थप प्रभावकारी वनाइ बजार क्षेत्रमा रहेका पानी जम्न सक्ने टायर, प्लाष्टिका फालिएका वोटल, टीन हटाउन नगरवासीहरुमा अनुरोध गरेको छ । नगरपालिकाको अनुरोधलाई अटेर गरेमा सो वापतको खर्च सम्वन्धित व्यक्तिलाइ भराउने गरी नगरपालिकाले ब्यवस्थापन गर्ने निर्णय गरेको छ । अटेरी गर्नेलाइ कारवाही गर्न सिफारिस गर्ने एक टोलि गठन गरेको छ । जसको संयोजकमा अधिकृतस्तर सातौँ धन प्रसाद कोइरालारहेका छन ।
पुतलीबजार नगरपालिकाले संक्रमण रोग नियन्त्रण सम्बन्धी गरेको निर्णयको सामाजिक संजालमा निकै प्रसंशा गरिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…