पाल्पा । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालका आधाभन्दा धेरै जिल्लामा फैलिएको छ । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिए संगै देशभरका ४६ जिल्लामा फैलिएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो । मङलबार संक्रमण पुष्टि भएका मध्ये २ वर्षिया बालिका समेत रहेकी छन ।
देशभरीका क्वारेन्टाइनमा अहिलेसम्मकै उच्च संख्यामा रहेका छन् । मंगलबार देशभरीका विभिन्न क्वारेन्टाइनमा ५५ हजार बढी छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा १ हजार ७ सय ५८, प्रदेश नम्बर २ मा १० हजार ५ सय ३५, बागमती प्रदेशमा ९ सय ६४ र गण्डकी प्रदेशमा १ हजार ५ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २३ हजार ५ सय ८९, कर्णाली प्रदेशमा ५ हजार २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५७ गरी देशभरी ५५ हजार २ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १ सय ५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
भारतमा लकडाउन खुकुलो भएसङ्गै स्वदेश फर्किनेको संख्या ह्वात्तै बढेको छ । सिमानाका क्षेत्रहरूबाट सयौंको संख्यामा दैनिक रुपमा स्वदेश फर्कीरहेका छन । भारतबाट फर्किनेहरु बाट संक्रमणको उच्च जोखिम रहेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…