संसद लम्सालको पहलमा एकता मंच जापान का अघ्यक्ष लामा द्वारा राहत बितरण ।

काठमाड । बिश्वभर कोरोनाको महामारी फैलिएसंगै नेपालमा पनि यसको प्रभाब देखा परेको छ । सरकारले गरेको १ महिनाभन्दा लामो लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई निकै अफ्ठ्यारो र मार परेको छ । यहि कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले राहतको सुबिधा ल्याएको छ,कोहि जनता भोकै नपरुन भनेर सरकारले राहत वितरण देशभरि गर्दै छ । जसमा अत्ति बिपन्न परिवार र ज्यालादारी काम गर्ने परिवरलाई बिशेष ख्यालमा राखेको छ ।
काभ्रेको भुम्लु गाउपालिका वडा ६ कोलातीमा पनि बाग्मती प्रदेशका साम्सद लक्ष्मण लम्सालकै पहलमा प्रबासी नेपाली एकता मंच जापानका अघ्यक्ष हवलचन्द्र लामाको पहल र सहयोगमा १३५० केजी चामला र दाल ,नुन ,चिनी ,तेल कार्यबिधी अनुरुप राहत प्रदान गरिएको छ । त्यसैगरि भुम्लु गाउँपालिकाले पनि यस गाउँपालिकामा रहेका अत्ति बिपन्न परिवार र दैनिकी ज्यालादारीमा काम गर्नेहरु लाई शुक्रबार वडा नं १ सापिङ्ग भट्टेटार माझि समुदायमा बाग्मती प्रदेशका साम्सद लक्ष्मण लम्सालको पहलमै ८० माझि घर परिवारलाई राहत वितरण गरेको छ । कुल २४६० केजी चामलमा २६ बोरा लाइन क्लब अफ काठमाडौं सुकुन्दले गरेको छ भने ५६ बोरा चामल समाज सेवी लेख नाथ श्रेष्ठले व्यक्तिगत सहयोग गर्नु भएको छ । भुम्लु गाउँपालिका वडा नं १ सापिङ्ले २ केजी दाल ,चिनी , नुन,तेल ,चियापती राहत कार्यबिधी अनुरुप स्थानीय प्रशासनसंग समन्वय गरेर वितरण गरेको छ ।
राहत बितरण कार्यक्रममा भुम्लु गाउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ ,कानुन सल्लाकार प्राणनाथ नेउपानेको पनि सह्भागी थियो ।
भट्टेटार माझि गाउँमा सबैजसो घर परिवारको खेतिपाति एकदम कम हुने र दैनिकी ज्यालामा काम गर्न अहिलेको अवस्थामा नहुने भएको हुँदा दैनिकीमा सारै अफ्ठयारो परि भोकै रहनु पर्ने अवस्था देखा परेकोले राहत वितरण गरिएको वडा अध्यक्ष खिर बहादुर श्रेष्ठले बताउनु भयो ।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago