कोरोनाबारे मार्मिक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक ।

काठमाडौं । संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको बारेमा जनचेतनामुलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो ।https://youtu.be/UDR7n15ZOc4

पुर्व पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेको उक्त गीतमा ईन्द्र जि.सी र लक्ष्मी आचार्यले स्वर दिएका छन् । गीतको परिकल्पना भने रामप्रसाद बस्यालले गरेका हुन् । कोरोनाको सन्त्रासका कारण आत्रा संसार लकडाउनमा रहेको बेलामा विदेशमा रहेका श्रीमान र स्वदेशमा रहेकी श्रीमतीबीचको वार्तालापलाई गीतमा निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । उक्त गीतमा गाईकाले गितलाई भन्दा आफनो टाटुलाई बढी महत्व दिएको देख्न सकिन्छ । गीतमा पीडा को महशुस भन्दा गायीका आफनो टाटुको प्रद्र्धशनमा देखिन्थिन । कामको शिलशिलामा हाल साउदी अरेवियामा रहेका सर्जग आचार्यले लकडाउनकै समयमा गीत रचना गरेको बताए ।

अप्रिल १५ मा प्रिमियर गरिएको गीत दुई दिनमा करीब ५ हजारले हेरेका छन् । कोरोना भाइरसको सन्त्रासमा रहेका नेपालीलाई गीतले सकरात्मक सन्देशका साथै नयाँ उर्जा भर्ने टी–टाइम म्युजिकको विश्वास छ । गीत बजाएर आफ्नो घर वा कोठामा मज्जाले नाचेर तनाव कम गर्न सकिने दाबी म्युजिक कम्पनीको छ । मार्मिक र पीडाभावले भरिएको गीतलाई रोमाञ्चक कोणबाट प्रस्तुत गरिएकोले सेल्फ क्वारेनटाइनमा बसेका करोडौँ दर्शक तथा स्रोताको मन जित्ने कम्पनीको भनाई छ । परदेशीको पीडा सँगै गाईकाको टाटु प्रर्दशन लिंकमा गीत हेर्नुहोस्..https://youtu.be/UDR7n15ZOc4

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago