{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585098027309","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585098027300","source":"other","origin":"gallery"}
एजेन्सी । कोरोना संक्रमण अति तीव्र गतिमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरी करिब चार लाख मानिसमा कोरोना भाइरस संक्रमण पाइएको भन्दै अझै पनि प्रकोपको गतिलाई परिवर्तन गर्न नसकिएको बताएका हुन् ।
कोरोना भाइरसको संक्रमण देखिएको ६७ दिनपछि संक्रमितको संख्या एक लाख पुगेको थियो । त्यसको ११ दिनपछि दुई लाखमा संक्रमण पाइयो । त्यसको चार दिनपछि अर्को एक लाखमा पुगेको थियो । त्यसको दुई पछि नै संक्रमितको संख्या पौने चार लाख नाघिसकेको डब्लुएचओले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमणलाई विश्वव्यापी महामारीको संख्या दिएको छ । डब्लुएचओले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न समेत चेतावनी दिएको छ । प्रत्येक संक्रमण परीक्षण गरेर तथा संक्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु कोरोना भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा डब्लुएचओलाई समेत बोलाइएको छ । रोगका सम्भावित उपचार सो बैठकको एजेन्डामा छ ।विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन् ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गर्ने बताएको छ । जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८ सय अर्ब डलर खर्च गर्ने बताएको छ। विश्व बैंकले विकासोन्मुख देशहरूलाई कोरोनाभाइरस प्रकोपको मार बेहोर्न १ सय ५० अर्ब डलर सहायता दिने जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वभरी जारी द्वन्द्वमा युद्धविराम गर्न आह्वान गरेका छन् ।गुटेरजले कोभिड–१९ राष्ट्रसंघको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य संकट भएको बताए । उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको भएकाले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरेका छन् ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…