माधव नेपाललाई प्रचण्डजीले रजत पदक दिनुभयो, त्यसैमा चित्त बुझाउनुभएको छ : ओली

काठमाडौँ, पुष ९  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग पार्टी विभाजन गराएर गएका वरिष्ठ नेता नेपालले रजत पदक पाएको उल्लेख गरेका छन्।

फाइल फोटो

बालुवाटारमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएबापत् पुष्पकमल दाहाल प्रचण्डले दोस्रो तहको अध्यक्षको जिम्मेवारी दिएको भन्दै रजत पदकसँग तुलना गरेका हुन्।

“माधवजीले हुँदा न खाँदाको ठूलो पार्टीलाई विभाजन गरेर जानुभयो, तर प्रचण्डले उहाँलाई रजत पदक दिनुभएछ, त्यसैमा चित्त बुझाएर बसिरहनुभएको छ,” ओलीले भनेका छन्। ओलीको अनुसार तेस्रो अध्यक्षको रूपमा प्रस्ताव गर्दा अस्वीकार गरेका वरिष्ठ नेता नेपालले संसदको ठूलो पार्टी तत्कालीन नेकपा एमाले भए पनि अध्यक्ष पाउनका लागि दोस्रो तहको नेता भएर चित्त बुझाएर बसेकोसमेत व्यङ्ग्य गरेका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago