ओली समूहको बैठकमा बादलले भने- संसद पुनर्स्थापना गर्छौं भन्नु स्यालको हुइयाँ हो

काठमाडौं, पुष ९ नेकपा विभाजनमा आजमात्रै केपी शर्मा ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पार्टी नेतृत्वको आदेश नि:सर्त मान्ने बताएका छन्।

फाइल फोटो

बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी सशक्त बनाउने र गुटलाई परास्त गर्ने योजना सुनाए। उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए। आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने पनि उनको तर्क छ।

‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो। विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने। उनले आफूले पार्टी नेतृत्वको आदेश नि:शर्त मान्ने उल्लेख गरे।

‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।’जनताको बीचमा गएर स्थिरता ल्याउने वाचा गर्न जरूरी रहेको उनको भनाइ छ।’निर्वाचनबाट प्रतिगामी शक्तिलाई परास्त गरेरमात्रै जनताले विभाजित कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछ,’ उनले भने।

मध्यावधि निर्वाचन एउटा आन्दोलन भएको उनको तर्क छ। ‘हामीले अन्तिमसम्म प्रयास गर्‍यौं। नेतृत्वलाई अपदस्थ गर्ने र परिवर्तन गर्न खोजियो। तर नेतृत्व परिवर्तन गर्न वैज्ञानिक तरिका छन्,’ प्रचण्ड-नेपाललाई लक्षित गर्दै उनले भने,‘उहाँहरूले पार्टी फुटाउने कसम खानुभएको थियो। सरकार अपदस्थ गर्ने सपथ खानुभएको रहेछ। पार्टी प्यालेसमा गएर त्यो आकांक्षा पूरा गर्नुभएको छ।’उनले प्रचण्ड-नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए।

 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago