तरकारी बाढीले डुब्यो, किसान चिन्तामा

चितवन – लगातारको वर्षाका कारण व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका चितवनका किसान मर्कामा परेका छन् । लगातारको झरीले ठूलो क्षेत्रफलमा लगाएको तरकारी खेती डुबानमा पर्दा किसान मर्कामा परेका हुन् । केही तयारी अवस्थामा रहेका तथा केही भर्खर लगाएका तरकारीहरुमा बाढीले क्षति गरेको हो ।

file photo

उत्पादन लिने बेला भएको बोडी, चिचिण्डो तथा लौकासहितका तरकारीबालीमा पानी तालिएर समस्या भएको किसानले बताएका छन् । यस्तै लगाएका काउली बन्दा बगाएको छ भने गोलभेँडा, भाण्टा, खुर्सानीसहितका बाली लगाउनका लागि तयारी अवस्थामा राखिएको जमिन पनि पानीले डुबाएका थप सास्ती भएको किसानहरुले बताएका छन् ।

२०५२ सालदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका भरतपुर महानगरपालिका २५ का किसान नारायणप्रसाद रेग्मीले यो वर्ष आफूहरु लगातार मारमा परेको बताए उनले भने, ‘पहिलो कोरोना भाइरसको महामारीले थिच्यो अहिले बाढीले । महामारीका कारण लकडाउन हुँदा उत्पादन बेच्न नपाएर बारीमै फाल्नु परेको थियो । अहिले उत्पादन लिने र बाली लगाउने बेला बाढीले दुःख दियो । हामी किसानलाई जसरी पनि मारैमार मात्रै त हो ।’रेग्मी तरकारी फर्मका सञ्चालक उनले टमाटर, भाण्टा, खुर्सानीसहितका बाली लगाउनका लागि मल हालेर तयार पारेको दुई बिगाहा जमिन पानीको निकास राम्रो नहुँदा डुबानमा परेको बताए ।

यस्तै दुई बिगाहा क्षेत्रमा लगाएको काउली–बन्दा बगाएको र तीन बिगाहा क्षेत्रमा उत्पादन लिने बेला भएको बोडी, चिचिन्डो, लौकासहितका तरकारी बाली डुबानमा परेको उनले बताए ।व्यवसायीक तरकारी किसान रेग्मीले भने, ‘पानीको निकास राम्रो भएन । हाम्रै क्षेत्रमा मात्रै ४०–५० जना व्यवसायीक किसान छौँ । सबैको अवस्था नाजुक भएको छ । महानगरले हामी जस्ता किसानलाई राहतको व्यवस्था गरोस् भन्ने माग छ ।’

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago