कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन्। भदौ २३ गते कोरोना संक्रमण भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय भरत तिवारीले जानकारी दिए।

file photo

कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने उनले बताए। भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। सो अस्पतालमा भर्ना भई चार दिन रहेका थिए।

‘डा. कोइरालाको स्वास्थ्य अवस्था अहिले राम्रो छ, कोरोना रिपोर्ट नेगेटिभ आयो,’ तिवारीले भने, ‘अब उहाँ एकहप्ता घरमै आइसोलेसनमा बस्नुहुनेछ।’ यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago