चितवन – लगातारको वर्षाका कारण व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका चितवनका किसान मर्कामा परेका छन् । लगातारको झरीले ठूलो क्षेत्रफलमा लगाएको तरकारी खेती डुबानमा पर्दा किसान मर्कामा परेका हुन् । केही तयारी अवस्थामा रहेका तथा केही भर्खर लगाएका तरकारीहरुमा बाढीले क्षति गरेको हो ।
उत्पादन लिने बेला भएको बोडी, चिचिण्डो तथा लौकासहितका तरकारीबालीमा पानी तालिएर समस्या भएको किसानले बताएका छन् । यस्तै लगाएका काउली बन्दा बगाएको छ भने गोलभेँडा, भाण्टा, खुर्सानीसहितका बाली लगाउनका लागि तयारी अवस्थामा राखिएको जमिन पनि पानीले डुबाएका थप सास्ती भएको किसानहरुले बताएका छन् ।
२०५२ सालदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका भरतपुर महानगरपालिका २५ का किसान नारायणप्रसाद रेग्मीले यो वर्ष आफूहरु लगातार मारमा परेको बताए उनले भने, ‘पहिलो कोरोना भाइरसको महामारीले थिच्यो अहिले बाढीले । महामारीका कारण लकडाउन हुँदा उत्पादन बेच्न नपाएर बारीमै फाल्नु परेको थियो । अहिले उत्पादन लिने र बाली लगाउने बेला बाढीले दुःख दियो । हामी किसानलाई जसरी पनि मारैमार मात्रै त हो ।’रेग्मी तरकारी फर्मका सञ्चालक उनले टमाटर, भाण्टा, खुर्सानीसहितका बाली लगाउनका लागि मल हालेर तयार पारेको दुई बिगाहा जमिन पानीको निकास राम्रो नहुँदा डुबानमा परेको बताए ।
यस्तै दुई बिगाहा क्षेत्रमा लगाएको काउली–बन्दा बगाएको र तीन बिगाहा क्षेत्रमा उत्पादन लिने बेला भएको बोडी, चिचिन्डो, लौकासहितका तरकारी बाली डुबानमा परेको उनले बताए ।व्यवसायीक तरकारी किसान रेग्मीले भने, ‘पानीको निकास राम्रो भएन । हाम्रै क्षेत्रमा मात्रै ४०–५० जना व्यवसायीक किसान छौँ । सबैको अवस्था नाजुक भएको छ । महानगरले हामी जस्ता किसानलाई राहतको व्यवस्था गरोस् भन्ने माग छ ।’
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…