बगनासकालीकाे सबै वडामा राेटा भाइरस विरुद्ध खोप अभियान शुरू ।

सन्ताेष गहतराज , पाल्पा ।  बर्षायाम शुरू भए सँगै अहिले धेरै खानेपानीका मुहानहरू दुषित भएका छन । कतिपय खानेपानीका मुहानहरूमा भल पसेर हाेस यात अन्य कारण गर्दा अहिले खानेपानी मुहान फाेहार भएका छन जसले गर्दा अहिले धेरै पानी जन्य राेगहरूले पनि मानिसहरूलाई सताउने गर्दछ भने काेही त यहि पानी जन्य राेगका कारण मृत्यु समेत हुने गर्दछ । यसै सन्दर्भमा जिल्लाकाे बग्नासकाली गाउँपालिकाले रोटा भाइरसबाट हुने झाडापखाला बिरुद्ध बालबालिकालाई प्रतिरोधात्मक क्षमता बढाइ बालबालिकाको बिरामी दर र मृत्युदर कम गर्ने उद्देश्यले  केहि समय अगाडि अन्य जिल्लाहरूमा संचालनमा भई सकेको रोटा भाइरस बिरुद्धको खोप आज बगनासकाली गाउपालिका-२ पोखराथोकको खोप क्लिनिकबाट औपचारिक रुपमा सुरु भएको छ।

कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकि उपाध्यक्ष श्री सरस्वती चिदीले आफ्नो हात साबुन पानीले राम्रो सङ्ग धोई ६ हप्ता उमेर पुगेको बच्चालाई रोटा भाइरस बिरुद्धको पहिलो खोप मुखबाट खुवाएर  सुरुवात गर्नु भएको थियो 

कार्यक्रममा विशिष्ट अतिथिहरु स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख बिस्वनाथ न्यौपाने र बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठलले बर्षायाम शुरू भए सँगै पानी जन्य राेगकाे प्रकाेप बढ्ने भएकोले पानी उमालेर खान तथा अन्य कार्यमा ध्यान दिन समेत अर्गह गर्नु भयाे । साथै सबै बालबालिकालाई खाेपमा सहभागी भई खाेप लगाउन पनि अार्गह गर्नु भयाे । 

स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको औचित्य माथी स्वास्थ कार्यालय पाल्पाका प्रमुख बिश्वनाथ न्यौपानेले प्रकाश पार्नुभएको थियो भने कार्यक्रममा स्वस्थ्य चौकी प्रमुख,वडा सदस्यहरु,बिभिन्न संघ संस्था का प्रतिनिधि,पत्रकार,स्वा स्वयम् सेविकाहरु सहित करिब २ दर्जन सरोकारवालाहरुको उपस्थिती रहेको थियो।

कार्यक्रम पोखराथोक स्वास्थ्य चौकीको संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष एबम् वडा अध्यक्ष टेकनाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago