भदौ १ पछि दैनिक ७० उडान हुने, भाडादर सहित।

कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गते अर्थात् १२० दिनपछि बन्दाबन्दी अन्त्य भएको घोषणा गर्यो ।

उक्त अवधिसम्म मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुवै उडान सेवामा व्यावसायिक बाहेकका चार्टर्ड र कार्गो उडान भए । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा कम्पनीले बुकिङ खुलाएर उडानको धमाधम तयारी गरिरहेका छन् ।

कोभिडपछिको सुरक्षित हवाईयात्राका लागि सुरक्षा प्रोटोकल पालना गर्दै ती एयरलाइन्सले आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग तथा जोखिमरहित यात्राका लागि अभ्यास उडानसमेत गरिसकेका छन् । देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्धएयरले दुई महिनादेखि सुरक्षित उडानको आवश्यक सबै किसिमको तयारी गरिसकेको छ भने यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन् ।

कुन एयरलाइन्सका कति उडान ?

कोभिडको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा एकतिहाई मात्र उडान हुनेछ । आन्तरिक तथा अन्तर्राष्ट्रिय करिब झण्डै ५०० उडान हुने अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० उडान हुने विमानस्थले जनाएको छ । बन्दाबन्दीमा पनि दैनिक १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको थियो । आन्तरिकतर्फ पनि बढीमा १६ उडान भएको विमानस्थलमा भदौ १ गतेपछि दैनिक दुवैतर्फ गरी ७० हाराहारी उडान हुने जनाइएको छ ।

कोभिड सङ्क्रमणको जोखिम कायमै भएकाले अन्तर्राष्ट्रिय विमानस्थलमामा अहिलेलाई एकतिहाइ क्षमतामा मात्रै उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीकाअनुसार दैनिक औसत १५ सम्म अन्तर्राष्ट्रिय र बढीमा ५० आन्तरिक उडान हुने गरी सरोकारवालासँग छलफल चलिरहेको छ । प्राधिकरण र वायुसेवा सञ्चालकको छलफलले कुन गन्तव्यमा कति उडान गर्नेबारे निर्णय हुनेछ ।

यस्तो छ भाडादर

झण्डै पाँच महिनापछि हुनलागेको व्यावसायिक उडानका लागि वायुसेवा कम्पनीले गन्तव्यअनुरुप भाडादर निर्धारण गरेका छन् । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेसँगै एयरलाइन्सले टिकट बुकिङ शुरु गरेका छन् ।

बुद्धएयरका अनुसार भदौ १ गतेदेखि शुरु हुने आन्तरिक उडानतर्फका सबै गन्तव्यका लागि टिकट बिक्री शुरु भइसकेको छ । यती र श्रीएयरले पनि छिट्टै बुकिङ खुलाउने तयारी गरेका छन् ।

बुद्धएयरले काठमाडौँबाट भद्रपुर जानका लागि रु ८६३८ कायम गरेको छ । त्यसैगरी भैरहवाका लागि रु ५६५९, भरतपुरका लागि रु ३३४२, विराटनगरका लागि रु ६७१७, धनगढीका लागि रु १०९६६ भाडा कायम गरेको छ ।

त्यसैगरी जनकपुरका लागि रु ३८७१, नेपालगञ्जका लागि रु ९३१२, पोखराका लागि रु ४६३०, सिमराका लागि रु २८५२, सुर्खेतका लागि रु १०२९२ भाडा कायम गरेको छ । कोभिड–१९ सङ्क्रमबाट जोगिएर सुरक्षित हवाईसेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्डका सबै प्रक्रियाको अभ्यास गरिसकेका छन् ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकोप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।रासस

 

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago