दमौली-डुम्रे सडक सञ्चालनमा , साना सवारीसाधन आवतजावत ।

दमौली। बिहीबार रातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्डमा आज दिउँसोदेखि साना सवारीसाधन सञ्चालनमा आएको छ।

बन्दीपुर गाउँपालिका-१ नाहालामा सडक भासिएपछि निर्माण गरिएको वैकल्पिक मार्गमा फसेका सवारीसाधन निकालेपछि साना सवारीसाधन आवतजावत हुन थालेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले सडक अवरुद्ध भएपछि रोकिएका साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन शुरु गरिएको जानकारी दिए। “वैकल्पिक मार्ग हिलाम्य भएकाले ठूला सवारीसाधन फसेर बाटो अवरुद्ध भएको थियो, त्यसलाई हटाएपछि अहिले साना सवारीसाधन सञ्चालनमा आएको छ,” उनले भने, “ठूला सवारीसाधन अझै सञ्चालन हुनसक्ने अवस्था छैन।”

सो मार्ग मर्मत गर्नका लागि आज र भोलि ठूला मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको छ। सो ठाउँमा एक ठाउँबाट जाने र अर्को ठाउँबाट आउन मिल्ने गरी सडक मर्मतको काम शुरु गरिएको छ। प्रहरीका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालवाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ।

निरन्तर परेको वर्षाका कारण मङ्‍गलबार सडक नै भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ। बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भासिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago