नेकपा विवाद : जुटभन्दा बढी फूटकै कसरत !

शुक्रवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डलाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेपछिमहासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरूसँग भने, ‘परिस्थिति धेरै गम्भीर पार्टीलाई विभाजनबाट जोगाउन निरन्तर खटिएकामहासचिव पौडेलले देखेकोगम्भीर परिस्थितित्यसयताका दिनमा सामान्य हुन सकेको छैन

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले प्रस्तावका रूपमा ल्याएकोआरोपपत्रको एकएक जवाफ दिनेबताइसकेका छन् उनले आफ्नो सल्लाहकार टीमलाई जवाफ तयार गर्नसमेत निर्देशन दिइसकेका छन्

फोटो फाईल

पार्टी विभाजन हुने छनक पाएरै जिल्लाजिल्लामा रहेका कार्यकर्ताहरूबीच मनमुटाव बढिरहेको शनिवार पूर्वअर्थमन्त्री तथा नेकपास्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे उपस्थित कार्यक्रममा ओलीपक्षीय कार्यकर्ताहरूले होहल्ला नाराबाजी गरे शनिवार नै सुर्खेतमाजनताको बहुदलीय जनवाद (जबज)को ब्यानरमा खुल्ला रूपमा कार्यक्रम गरियो

स्रोत भन्छ – ‘पार्टी विभाजन हुने स्पष्ट आधारसहित तयारीमा रहन ७७ वटै जिल्लाका ओलीनिकट नेता कार्यकर्तामा अनौपचारिकसर्कुलेसन पुगेको

यससँगै चितवनमा पाण्डेमाथि गरिएको दुर्व्यवहार अन्त पनि दोहोरिन सक्ने खतरा बढेको शनिवारको घटना नदोहोरियोस भनेरपाण्डेले पोखराको एक रिसोर्टमा आइतवार गोप्य कार्यक्रम गरे आइतवारको कार्यक्रममा ओलीनिकट नेता कार्यकर्ताहरू नछिरुन् भनेरविशेष सजगता अपनाइएको थियो

केही दिनयता प्रधानमन्त्रीको सक्रियता पनि व्हात्तै बढेको शनिवार मात्र ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवासँग घण्टाभन्दा बढी छलफल कुराकानी गरेका छन् संवैधानिक नियुक्तिका विषयमा कुरा गरिएको औपचारिकजानकारी आएपनि विभिन्न स्रोतहरूले दुई नेताबीचपावर सेयरिङका विषयमा पनि छलफल भएको जनाएका छन्

माधव नेपालले धेरै पहिलादेखि दुख दिएका हुन्, दुख दिनेमा अहिले प्रचण्ड पनि थपिएका छन्,’ ओलीको भनाइ उदृत गर्दै स्रोतलेलोकान्तरसँग भन्यो, ‘बरू प्रतिपक्षी भएपनि तपाईंले दुख दिनु भएको छैन मेरो पार्टी फुट्ने लगभग निश्चित जस्तै त्यसपछितपाईको मेरो सत्ता सहकार्य हुनुपर्यो

जवाफमा देउवाले अन्य विषयमा ओलीलाई सहयोग गर्ने तर सत्ता सहकार्यको विषयमा अन्य नेताहरूसँग छलफल गर्नुपर्ने बताएका थिए

दुई नेताबीच भएका कुराले बाहिर भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता सहकार्यको विषयलाई खण्डन गरेका छन् आइतवार ट्वीटरमा लेख्दै शर्माले वर्ष विपक्षमा बस्ने जनताको जनादेश रहेकाले कुनै पनि भड्कावबाट टाढा रहेको उल्लेख गरेका हुन्

आइतवार ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग भेटवार्ता गरेका छन् पार्टीको शक्तिसंघर्ष गम्भीर मोडमा पुगेका बेला ओलीलेसुरक्षा निकायका प्रमुखसँग गरेको छलफललाई अर्थपूर्ण रूपले हेरिएको केही दिनअघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनिछलफल गरेका थिए

ओलीको सक्रियतालाई कतिपय नेताहरूलेधम्क्याउने प्रयोजनका लागि गरिएका क्रियाकलापको संज्ञा दिएका छन् वरिष्ठ नेतामाधवकुमार नेपाल पक्षका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘उहाँले धम्कीको अस्त्र प्रयोग गर्नुभएको गत वैशाख भदौमा उहाँकोधम्कीले नेताहरू डराएका थिए तर अहिले डराउन्नन्

उनले पार्टी नफुट्ने ठोकुवा गरे पार्टी विभाजन पनि अहिले ओलीकै हातमा , एकता पनि उनकै हातमा ,’ ती नेताले भने, ‘विभाजनगर्ने हो भने गरे भइहाल्यो प्रचण्डले लगाएका आरोपको जवाफ किन लेख्नुपर्यो ?’

ओलीनिकट मानिने संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकताको रक्षाका लागि पहलभइरहेको जानकारी दिए अर्का अध्यक्ष प्रचण्डसँग नियमित संवादमा छु उहाँले पनि पार्टी एकताकै पक्षमा आफू रहेको बताउनुभएको डोरी चुडिएको छैन भनेर भन्नुभएको त्यसैले आशा गरौँ, पार्टी एकढिक्का रहन्छ,’ नेम्वाङले लोकान्तरसँग भने

उनले सकेसम्म प्रचण्डले प्रस्तावका रूपमा ओलीलाई लगाएको आरोप फिर्ता लिन लगाउने पहल भइरहेको बताए प्रचण्डले आफ्नोप्रस्ताव फिर्ता लिनुभयो भने ओलीले किन त्यसको जवाफमा समय खर्चिनु पर्यो ?’ नेम्वाङले भने, ‘प्रस्ताव फिर्ता नभएको खण्डमाओलीले पनि जवाफ दिनुहुन्छ त्यसपछि नयाँ प्रक्रियाको थालनी हुन्छ

पार्टी एकताको पक्षमा अभियानकै रूपमा दौडधूप गरिरहेका प्रचण्डनिकट मानिने स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी गम्भीरमोडमा रहेको बताए उनले गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न ओली तयार नभएपछिसमस्या शुरू भएको बताए

लोकान्तरसँग कुरा गर्दै गजुरेलले भने, ‘यसअघिको समस्या ओलीविरुद्ध घेराबन्दी भएका कारण सिर्जित थियो भने अहिलेको समस्यास्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न ओलीले आनाकानी गरेपछि सिर्जना भएको हो स्थायी कमिटी बैठकलेओलीकै पक्षमा निर्णय गरेको थियो उहाँ (ओली)ले त्यसलाई अवज्ञा गर्नु सही थिएन

पार्टी एकतालाई अखण्ड राख्न गजुरेल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा, घनश्याम भुसाल, योगेश भट्टराई लगायतकादोस्रो पुस्ताका नेताहरू सक्रिय भएका छन् उनीहरूले ओली प्रचण्ड दुवैतिरको भेटघाट सघन बनाएका छन्

प्रचण्डनेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाउने तयारी गरिरहेको सचिवालयमा प्रस्तुत प्रस्तावमा प्रचण्डलेत्यागगर्न ओलीलाईआग्रह गरेका थिए त्यसैका आधारमा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने महाधिवेशनसम्म लैजाने तयारी प्रचण्डनेपाल समूहकोरहेको स्रोतहरूले दाबी गरेका छन्

नेकपाको सचिवालय बैठक यही १३ गते डाकिएको सचिवालयमा स्थायी कमिटी बैठकका निर्णय, प्रचण्डनेपाल समूह ओलीबीचआदानप्रदान भएका चिठीपत्र, प्रचण्डको प्रस्ताव ओलीले ल्याउने भनिएको प्रस्तावका बारेमा छलफल गर्ने कार्यक्रम रहेको (लोकान्तरबाट साभार)

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago