जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी (भिडियो)

जापान । जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था जोखिममा रहेको दावी गरिएको छ।

बिहीबार टोकियो सोलमारी मुरा हलमा आयोजित पत्रकार सम्मेलनमा जापानवासी नेपालीहरुको स्वास्थ्य अवस्था पछिल्लो समयमा भन्दा धेरै जोखिममा रहेको तथ्याकं प्रस्तुत गरियो। करिव एकलाखको हाराहारीमा रहेका नेपाली मध्ये वार्षिक एक दर्जन बढीको अकालमा मृत्यु हुने तथा उत्ति नै सख्यामा लामो समय उपचारका लागि अस्पताल भर्ना हुने गरेको तथ्याकं प्रस्तुत गर्दै आगामी दिनमा यो अवस्था थप जटिल हुन सक्ने दावी गरिएको थियो। जापानमा नेपाली तथा विदेशीहरुको स्वास्थ्य तथा जीवन बीमा गर्न सुरु गरिएको मिराई लाईफले प्रस्तुत गरेको तथ्याकंमा वर्षमा करिव १५ देखि २० जनाको विभिन्न कारणले मृत्यु हुने तथा उत्तिनै सख्यामा लामो समयमा उपचारका लागि अस्पतालमा भर्ना हुने पाईएको छ। जसमध्ये धेरैका लागि समुदायमा चन्दा संकलन गरेर सहयोग गर्ने गरिएको प्रणालीलाई व्यक्ति स्वयमले आफनो बीमा गरि अनावश्यक झंझटबाट मुक्त रहन सकिने जानकारी दिईयो।

जापानमा नेपालीहरु तथा विदेशीको स्वास्थ्य बीमा गर्न सुरु गरेको मिराई लाईफका निर्देशक कमल अधिकारीले चन्दा उठाएर सहयोग गर्ने हाम्रो समृदायमा यतिवेला नयाँ ढंगबाट समस्याको समाधान खोजी गरिएको दावी गर्नुभयो। मिराई लाईफले जापानमा कुनैपनि व्यक्ति तथा परिवारको स्वास्थ्य समस्यामा आर्थिक सहयोग गर्ने तथा व्यक्तिको मृत्यु पश्चात पनि परिवारमा आर्थिक भार नपर्ने सेवा समावेश गरेको जानकारी दिनु भयो । मासिक तथा पाक्षिक रुपमा नेपालीहरुमा कुनै कुनै समस्या पर्ने गरेको जानकारी दिदै उहाँले अधिकासंको समस्या स्वास्थ्य तथा मृत्युवरणमा गर्ने गरेको भन्दै लामो समय अस्पतालमा उपचारमा बस्ने धेरैको बीमा नभएकै कारण आर्थिक भार पर्ने तथा मृत्यु पश्चात परिवारका लागि कुनै तयारीमा ध्यान नपुर्याएकाहरुलाई मिराई लाईफले सहयोग गर्ने दावी गर्नुभयो।

जापान जस्तो विकशित मुलुकमा रहेर पनि हामी नेपालीहरुले सामान्य आधारभूत आवश्यकताको समेत तयारी नगरेको पाईएको भन्दै उहाँले आफु,आफनो परिवार तथा अन्य कसैको पनि जीवनलाई जोखिमबाट माथी राख्नु बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता रहेको दावी गर्नुभयो।

जापानमा कम्पनीमा काम गर्ने कामदारको कर्मचारी बीमा कार्यक्रम जसले रोजगारी नहुदाँको समयमा राहत दिने तथा राष्ट्रिय स्वास्थ्य बीमा जसले जापानमा कुनैपनि उपचार तथा स्वास्थ्य समस्यामा ७० प्रतिशतसम्म छुट पाइन्छ। यस्तै अन्यु थुप्रै सेवा तथा सुविधा भएरपनि वेवास्था गर्दा सधै नेपालीहरु सधै स्वास्थ्य जोखिममा पर्न लागेका नेपाली समुदायका लागि मिराई लाईफ सुरु गरिएको दावी गर्नुभयो। जापानीहरुले आफनो तथा परिवारको बीमा गरेर भौतिक सामान जो दैनिक उपयोग हुने मोवाईल आईफोन तथा साईकल लगायतका धेरैको बीमा गरेर सुरक्षित रहने गरेको उदहारण दिदै उहाँले यस्तो देशमा बसेर पनि हामी सचेत बन्न नसकेको तर्फ ध्यानाकर्षण भएको भन्दै उहाँले स्वास्थ्य समस्या हामी आफैले जोखिम न्य२निकरण गर्न सकिने जानकारी दिनु भयो। सवारी चालकले आफनो तथा आफनो कारणले तेश्रो व्यक्तिमा पर्ने क्षति हुदाँ जोखिम बहन गर्न बीमा गर्ने जापान लगायतका विकसित देशमा नेपालीहरुले सामान्य ठानिएको आफनो स्वास्थ्यको बीमा अनिवार्य गर्न अपील गर्नुभयो।

जापानमा धेरै नेपालीहरुले राष्ट्रिय स्वास्थ्य बीमा नगरेको प्रसंग तर्फ औल्याउदै निर्देशक अधिकारीले बिरामी उपचारको ७० प्रतिशत छुट हुने सरकारी सेवासंगै बाँकी ३० प्रतिशत रकम तथा मृत्यु हुदाँ परिवारमा आर्थिक भार नपर्ने लगायतका सेवा मिराई लाईफले दिने गरेको जानकारी भयो।

पत्रकारहरुको विभिन्न जिज्ञासाको जवाफ दिर्दै निर्देशक अधिकारीले रहेक नागरिकले आफनो स्वास्थ्य बीमा गर्दा आत्मबल समेत दर्हो हुने भन्दै उहाँले आफुलाई केही पर्दा अरुलाई समेत गुहार्न नपर्ने योजना राखेको बताउनु भयो।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानसंग जापानवासी नेपालीहरुको बीमा सचेतना अभिवृद्धिका लागि गरिएको संझौता पश्चात धेरैले बमिा प्रति चासो राखेको र अहिले धेरैले आफनै सम्पर्क गरेर बीमा प्रकृयामा समावेश हुनु भएको जानकारी दिनुभयो।

यस्तो बीमा सचेतना संझौता जापानका विभिन्न संघसस्था तथा समुदाय भित्रसम्म पुगेर सेवा प्रदान गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। मिराई लाईफको मासिक ७८३ येनबाट सुरु बीमामा बिरामी उपचारमा अस्पताल भर्ना हुदाँ दैनिक १० हजार येन पाउने, शल्यकृया हुदाँ ६० हजार पाउने तथा दुर्घटना मृत्यु हुदाँ परिवारले २० लाख येन तथा साधारण मृत्युमा १० लाख रकम परिवारले पाउने सेवा राखिएको जानकारी दिनुभयो।

कोरोना माहामारीमा उपचार गर्दा अस्पताल बस्दा अन्य बिरामी जस्तै सेवा पाईने भन्दै उहाँले बीमा गरेको व्यक्ति नेपाल लगायत अन्य मुलुकमा पुगेर बिरामी हुदाँ पनि सेवा पाउने दावी गर्नुभयो। यस्तै जापानमा परिवारका सदस्यहरु छोटो समयका लागि घुम्न आउदाँ समेत छोटो अवधिका लागि बीमा गर्न सकिने योजना समावेश गरेको जानकारी दिनुभयो।

कार्यक्रममा हालै कोराना संक्रमणमा परेर निको हुनु भएका गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीको जापानवासी नेपालीहरुमा गर्नुभएका कोरोना बिरामी हुदाँको अनुभव, बीमा गरेका कारण पाएको सुविधा सहित नजिकदो दशैको अवसरमा शुभकामना सहितको विशेष सम्वोधन समेत प्रस्तुत गरिएको थियो। 

सोही कार्यक्रममा स्वास्थ्य चेतनाका लागि लासको आश नामक लघुचलचित्रको समेत विशेष प्रर्दशन गरिएको थियो।

भिडियो हेर्नुहोस्    

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago