पानी लिफ्ट गरेर सिंचाइ गर्न विद्युतीकरण गरिँदै

हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ  गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको नगरपालिकाभित्रका दूधकोशी सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आवश्यक पानी लिफ्ट गर्नहाइटेन्सन लाइन(एचटी लाइन) विस्तारको तयारी गरिएको हो

फोटो फाईल

उक्त नगरपालिका को डिकुवाबाट रातमाटेदेखि सुनकोशीसम्म, वडा नम्बर च्यास्मिटारको पिपलटारबाट सुनकोशीसम्म, वडानम्बर४को बडहरेबाट घोपाटार दूधकोशीसम्म, वडा नम्बर६को मङ्गलटारबाट भदौरे दूधकोशीसम्म, वडा नम्बर९को सल्लेबाटहात्तीटार दूधकोशीसम्म, वडा नम्बर१० अर्खौलेको शिखरकटेरीबाट सुनकोशीसम्म, वडा नम्बर११को राजापानीबाट भाटबेँसीसुनकोशीसम्म एचटी लाइनका लागि विद्युतीकरण गर्न लागिएको नगरप्रमुख इवन राईले बताउनुभयो उज्यालो नगरपालिका अभियानअन्तरगत हाल नगरपालिकाका सबै वडामा विद्युत विस्तारको काम भइरहेको ”, उहाँले भन्नुभयो, “शाखा लाइनबाट नदीको पानी तान्नसम्भव नहुने भएकाले खेतीयोग्य जमिन भएका कोशी करिडोरमा हाइटेन्सनलाइन विस्तार गर्ने नदीको पानी तानेर गाउँमा सिँचाइ सुविधापु¥याउने लक्ष्यका साथ काम शुरु गरिएको हो

जिविकोपार्जनको आधार तयार गर्ने लक्ष्यकासाथ सिँचाई सुविधा पु¥याउनका लागि विद्युतीकरण गर्न नेपाल विद्युत प्राधिकरणले पहिलोचरणमा रू दुई करोड २४ लाख ६० हजार ५२२ (भ्याट सहित) बजेट स्वीकृत गरेको जनाइएको प्राधिकरणले असोज २८ गते एचटीलाइन विस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि रू एक करोड ८९ लाख ४२ हजार ३०६ तथा ज्यालाका लागि रू ३५ लाख १८ हजार२१६ बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो

बजेट स्वीकृत भएसँगै टेण्डर प्रकृया अघि बाढाइसकिएको नगरपालिकाले जनाएको कोशी करिडोरमा नदीको पानी तान्नका लागिविद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रसँग गत असोज २२ गते प्रकृया अघिबढाएको थियो

सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मङ्गलटारको महादेवबेँसी टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसीलगायत कोशी करिडोरमा रहेको खेतीयोग्य जमिनमा नदीको पानी तानेर खेती गर्नसकिने सम्भावना ती स्थानमा खानेपानीसमेत ट्याक्टरमा ढुवानी गरेर ल्याइएको दूधकोशी तथा सुनकोशी नदीको पानी प्रयोग गर्नुपर्नेबाध्यता रहेको   क्षेत्रमा अन्नबाली लगाउन वर्षे पानीको मात्र भर पर्दै आउनुपरेको थियो 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको  धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा  बृहत हलेसी लिफ्टिङ खानेपानीआयोजनाको कामसमेत तीव्रगतिमा भइरहेको छ।

करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी निकालेर गाउँमा वितरण गर्ने तयारी गरिएको नदीबाट पानी तान्नकालागि सडक निर्माण, विद्युत विस्तार वितरण केन्द्रको ट्याङ्की निर्माणको काम  भइरहेको

महादेवस्थान, दुर्छिम, मङ्गलटार बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा बडहरेका उपभोक्ताका लागिदूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर  पानी निकाल्ने काम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको मुख्य वितरण केन्द्र रहनेहलेसीको काभ्रे अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago