नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ ।

नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो

निषेधाज्ञाका कारण जनजीवन कष्टकर भएपनि स्वास्थ्यका दृष्टिकोणले अझकडाइ गर्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेखछ सरकार गैरजिम्मेवार बनिरहेको आरोप लगाउँदै काँग्रेसले महामारीका कारण भयावह अवस्था सिर्जना हुने उल्लेख गर्दै जनतालाई उचित विकल्प दिएर निषेधाज्ञा जारी राख्नुपर्ने भनेको छ

काँग्रेसले शुरुआतको अवस्थामानै पश्चिमाञ्चलक्षेत्रीय अस्पताललाई  कोरोनाउपचार अस्पताल बनाउनन हुने भनेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा कोरोना उपचार केन्द्र सञ्चालनमा आएको स्मरणगर्दै विज्ञप्तिमा केन्द्रमा बिरामीको सुविधा सहित पर्याप्त उपचारको व्यवस्थामिलाउन र क्षमता बढाउनका लागि सरकारको ध्यानाकर्षण गराइएकोछ

प्रदेश सरकार जनप्रतिनिधिको सुविधा बढाउन र स्थानीय सरकारका जनप्रतिनिधि आर्थिक अनियमिततामा लिप्तरहेको, विभिन्न संङ्घसंस्थाले उपलब्ध गराएको आर्थिक सहायताको उपयोग नगरिएको भन्दै विज्ञप्तिमा त्यसबाट जनतालाई राहत उपलब्ध गराउन, आर्थिक सहायता र सङ्कलित तथा वितरित राहत विवरण सार्वजनिक गर्न माग गरिएको छ

निषेधाज्ञाको समय माजनताका समस्या प्रतिजिम्मेवार बन्न प्रदेश र स्थानीय सरकारलाई काँग्रेसले आग्रह गरेकोछ सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी र सतर्कता अपनाउन अपिल गर्दै काँगेसले कोरोना सङ्क्रमणका कारण उपचार गराई रहेकाको स्वास्थ्यलाभको कामना र निधन भएकाप्रति श्रद्वाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरेको छ  

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago