पाल्पा । विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् ।
बिहीबाररातिजुठारनेपानेबीचमापर्नेलेखटोलमाहावाहुरीकाकारणविद्युत्कामिटरबक्स, कालो तार नोक्सान भएको स्थानीय बासिन्दा तथा वडा सदस्य रुपक पुनले बताउनुभयो । विद्युत् नहुँदा बस्ती नै अँध्यारोमा रहेको पुनले बताउनुभयो । विद्युत् नहुँदा मोबाइल, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको प्रयोग गर्नबाट स्थानीय बासिन्दा वञ्चित भएका छन् । वडासचिव हुमबहादुर कँुवरले २३ घरका विद्युत् मिटरबक्स र ७० घरका कालोतार जलेर क्षति भएको बताउनुभयो । क्षतिको विवरण अझै बढ्नसक्ने बताइएको छ ।
गाउँपालिकाअध्यक्षरामबहादुरकार्कीक्षतिग्रस्तक्षेत्रपटुवाचोर, खुनधारा र नेपानेलगायतका बस्तीका पिडीतलाई कालोतार र विद्युत् मिटरबक्स पठाउने गरी काम भइरहेको बताउनुभयो । कालोतार गाउँपालिकाको सहयोगमा पठाइने हो भने विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले मिटरबक्स निःशुल्क सहयोग गर्ने भएको गाउँपालिका अध्यक्ष कार्कीले बताउनुभयो ।
शुक्रबारविद्युत्चुहिँदारैनादेवीछहरागाउँपालिका–६ जुठापौवाको खुनधारास्थित २६ वर्षीया दिलकुमारी रास्कोटी पुनको मृत्यु भएको थियो । रास्कोटी मगर तीजमा माइती आएकी थिइन् । हावाहुरीसहित गाउँभर विद्युत् चुहिएर करेन्ट लाग्दा रास्कोटी घाइते बनेपछि उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन असपताल तानसेनमा मृत्यु भएको थियो । मृतकका बुबा इमानसिंह पुन र झमानसिंह जोगी कँुवर घाइते भएका थिए । पुनको तानसेनमा उपचार भइरहेको छ ।
स्थानीयबासिन्दावीरबहादुरनेपालीकोएउटाभैँसीमरेकोछ। विद्युत् आपूर्तिमा समस्या देखिएपछि तीजका अवसरमा आफन्तसँग कुराकानी गर्न समेत पाएनन् । जुठापौवामा अधिकांश मगर जातिको बस्ती छ । यहाँका मगरले तीज विशेष पर्वका रूपमा मनाउने गरे पनि यस वर्ष विद्युत् चुहिएर मानवीय क्षति हुँदा बस्ती नै पीडामा छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…