प्रदेश ५ सहित केही स्थनमा ठूलो पानी पर्ने हुँदा सतर्क रहन मौसमबिदको आग्रह

पाल्पा । बिहिवार प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्क रहन मौसमबिदले आग्रह गरेका छन ।
मनसुनी वायुको प्रभाव र मनसुनी न्यूनचापीय रेखा पश्चिमी नेपालबाट दक्षिणमा सरेको तथा पूर्वी भू-भागमा नेपाल नजिकै रहेकाले आज पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभएको छ ।
पौडेलका अनुसार प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने संभावना छ । पानी परे पनि नदीमा बाढी आउने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा पानी निकास नहुने ठाउँ जलमग्न हुनसक्ने भएकाले नदी किनारमा नजान तथा भिरालो जमिनमा यात्रा गर्दा सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि केही स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago