पाल्पा । सोमबार पाल्पाको सदरमुकाम तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा पहिरोमा पुरिएर मृत्यु भएका ३ जनाको सनाखत भएको छ । मृत्यु हनेहरुमा पाल्पा रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ बर्षिय भुवन खाम्चा, कार्भे पाचखाल नगरपालिका वडा नंं ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ बर्षिय विर बहादुर गुरुङ रहेका पाल्पा प्रहरीले पुष्टि गरेको छ । हिजो बेलुका ५ बजेको समयमा झरेको पहिरोमा परी घटनास्थमै २ जना, मिशन अस्पतालमा उपचारको क्रममा एक जनाको मृत्यु भएको थियो । पहिरोमा ४ वटा सवारी साधन पुरिएका अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए ।
थप सवारी साधन र मानविय क्षति भएको हुन सक्ने भन्दै अहिले विहानै देखी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना पहिरोस्थमा परिचालन भएको सूचना अधिकारी गिरीले बताए । हिजो राती भई पानी परेपछि खोजविन कार्य रोकिएको थियो । तानसेन बाट रिडि तम्घास तर्फ जादै गरेका सवारी साधनहरु तानपा ११ सम्मोवारीमा झरेको पहिरोको कारण रोकिएको अवस्था रहेेेका थिए । तिनै रोकिएका सवारीसाधनमा पुन पहिरो झरी बगाएको हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…