तिनाउको ७ औं गाउँसभा कृषि उत्पादनलाई प्राथमिकता

सन्तोष गहतराज, पाल्पा । कृषिलाई प्राथमिकतामा राखेर तिनाउ गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक बर्ष ०७७/७८ का लागि सोमबारदेखि सुरु ७ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष ओमबहादुर घर्तिले व्यवसायीक कृषि उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने गरी गाउँपालिका ग्रामिण इलाकालाई सडक सञ्जालमा जोड्ने योजनाहरु सार्वजनिक गरेका छन् । घर्तीका अनुसार भौगोकि विकटताले आर्थिक रुपमा पछिपरेको तिनाउँको आर्थिक उन्नतिको प्रथम विकल्प कृषि र पर्यटनलाई जोड दिने गरी आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।

नीति तथा कार्यक्रमका विशेषताहरु :
कृषि तथा पशुपालन
कृषि, पशुपालन तथा सिञ्चाईलाई तिनाउको आर्थिक सम्वृद्धिको पहिलो आधार मानिएको छ । ओखलढुङ्गा, कुडापानी, दोभान, झुम्सा, लग्दुवा, सत्यवती, कोलडाँडा र मस्याम लगायत क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । ओखलढुङ्गामा अमृसो, माहुरी पालन र बाख्रा पालन पकेट क्षेत्र बनाउने, कचल, झ्याङ्ला र लग्दुवालाई अदुवा पकेट क्षेत्र, वेरुवा, ज्यामिरे, सत्यवती, मरामकोट, कोलडाँडालाई दालचिनी पकेट क्षेत्र, सत्यवती, मस्यामलाई कफि उत्पादन क्षेत्र तथा सिस्नेखोला झ्याङ्लालाई माछा पालन क्षेत्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी भुतखोला, अर्घाछापलाई च्याउ उत्पादन पकेट क्षेत्र, झिगामारा, ठूलीउदाङ, हरियाली, बेसी ज्यामिरे, कोलडाँडा गिनचौर, हात्तिकोट ओढारखोला, पाताल क्षेत्रलाई बाख्रा पालन क्षेत्रको रुपमा विकास गरिने भएको छ । नीति तथा कार्यक्रममा दोभान डुम्रे क्षेत्रमा दुग्ध उत्पादन, झिगामारा, झ्याङ्ला, मरामकोट, लगाड, सुकेताल र जन्तीलुङ क्षेत्रमा कुखुरा पालन पकेट क्षेत्रको रुपमा विकास गरिने उल्लेख छ । मस्याम क्षेत्रलाई वृहत कागती खेती, विस्कुनडाँडा, घुँघराछापलाई बँगुर पालन क्षेत्रको रुपमा विकास गरिने भएको छ । नीति तथा कार्यक्रमले व्यवसायीक कृषि उत्पादनलाई जोड दिँदै उन्नत जातका बिउविजन उपलब्ध गराउने, ५० प्रतिशन अनुदानमा कृषि औजार उपलब्ध गराउने, आवश्यकता अनुसार कृषि उपज संकलन केनद्रको निर्माण, पशु तथा कृषि विमामा ५० प्रतिशत अनुदान लगायतका व्यवस्था गर्ने भएको छ ।
सडक विस्तार र स्तरोन्नती
गाउँपालिका अन्तरगत रहेका सबै वडाहरुलाई जोड्दै सडकको स्तरोन्नती र मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा वडा नम्बर १ का लागि आरखोदी-हात्तिमारा क्षेत्रमा ग्राभेल, खुर्साने कचल मोटरबाटोमा पर्ने कुर्मान खोलामा कलभर्ट निर्माण तथा रानिबगिया–झिगामारा कचल मोटरबाटो ग्राभेल प्राथमिकतामा परेका छन् । यसैगरी वडा नम्बर २ को दोभान, झ्याङ्ला, खुल्खुले, हरियाली हुँदै हापुर, नुवाकोट गणेश टोल दोभान रिङरोटले प्राथमिकता पाएको छ । घोडेवास, बडहरे, मारावास, सुकेताल हुँदै पासकुण्ड, डोल र घोडेवास रिङरोटलाई पनि प्राथमिकतामा पारिएको छ । झुम्सा, वेरुवा, चौकीभन्ज्याङ, हात्ति टोल हु्ँदै गिजीन्चौर, डुडाखोला, झुम्सा रिङरोडका लागि पनि नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ । मरेक सिस्नेखोला मस्याम अन्तरगत पर्ने सिस्नेखोलामा कलभर्ट निर्माण, डुम्रे विकास डाँडा, कोलाङ, चिदिस हुदै सिखरडाँडा, गुफाचौर मोटर बाटोको स्तरोन्नतीका लागि नीति तथा कार्यक्रममा समेटिएको छ । तिनाउ गाउँपालिकाका अधिकांश क्षेत्र चुरेक्षेत्रमा पर्ने भएकोहुँदा त्यस क्षेत्रमा सडक विस्तार तथा स्तरोन्नतीका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गरिने भएको छ ।
संस्कृति र पर्यटन
तिनाउको आर्थिक सम्वृद्धिका लागि विकल्पका रुपमा देखिएको पर्यटनको विकासलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ । नीति तथा कार्यक्रममा अविरल पार्क, गुफाचौर, देवीस्थान, कौडेलेक, माइला चौर पार्क, बोक्से खोला झरना, भूतखोला सिद्ध सरोबर, खुलखुले पार्क, अव्राहम पार्क, भर्तृहरी पार्क, चुनुमाया स्मृति पार्क, रेम्वो पार्क लगायतका पर्यटकीय गन्तव्य बन्न सक्ने क्षेत्रहरु प्राथमिकतामा परेका छन् । यसैगरी सुकेतालमा सञ्चालिन होमस्टेलाई थप व्यवस्थित बनाइने भएको छ भने अन्य ठाउँमा होमस्टे निर्माण तथा सञ्चालन, ऐतिहासिक क्षेत्रहरुको पहिचान विकास गरिने उल्लेख छ ।
स्वास्थ्य र शिक्षा
तिनाउका सबै सामुदायिक विद्यालयकोहरुको भौतिक पूर्वाधारको विकास तथा आवश्यक पुस्तकालयहरुको निर्माण, सबै वडा तथा गाउँ क्षेत्रहरुमा स्थापना गरिएका स्वास्थ्य इकाईहरुमा सेवा वृद्धि लगायतका कुराहरुलाई प्राथमिकतामा राखिएको छ ।
तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम कृषि तथा पर्यटन लक्षित रहेको हुँदा लक्ष्य हासिल हुन सकेमा स्थानिय स्वरोजगार बन्न सक्ने देखिन्छ ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago